कार्कीद्वारा पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत हालै संघसंस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् ।

कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले कार्कीलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।

राखेपको गत ३१ भदौको निर्णयानुसार कार्कीले प्रमुखको जिम्मेवारी पाएका थिए । कार्की यसअघि १३औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए । कार्कीसँग बझाङ, सिन्धुपाल्चोक र काठमाडौं जिल्ला खेलकुद विकास समिति, कर्मचारी प्रशासन शाखा तथा आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयमा प्रमुख भई काम गरेको अनुभव छ । ४ असोज २०५३ मा कार्की राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

पहिरोले यी यी सडक छन् अवरुद्ध