काठमाडौं । पाँचौं उपत्यकाव्यापी चित्रकला प्रतियोगितामा बाबा बोर्डिङ स्कुलकी प्रकृति राना प्रथम भएकी छन् । रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बा“सबारीकोे १५औं वार्षिक तथा अभिभावक दिवसका अवसरमा आयोजित प्रतियोगितामा १९ विद्यालयका छात्रछात्रालाई उछिन्दै उनी प्रथम भएकी हुन् ।
उपत्यकाका २० विद्यालयका छात्रछात्रा सहभागी भएको सो प्रतियोगितामा विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी आयुष लिम्बु द्वितीय र जेबी स्कुलका सरोज सुनार तृतीय भएका थिए । कार्यक्रममा सैनिक श्रीमती संघ अध्यक्ष श्रीमती दीपा थापाले विद्यालयको मुखपत्र ‘रिपुमर्दिनी रिदम’ लोकार्पण र विद्यालयको वेबसाइट तथा मोबाइल एप उद्घाटन गरिन् । अध्यक्ष थापाले विजेता विद्यार्थीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन् ।
प्रिन्सिपल लालबहादुर रानाले विद्यालयको शैक्षिक कार्यक्रम र भावी योजना’bout प्रकाश पारे । यस्तै, विद्यालयका सम्पर्क अधिकृत सेनानी विनोद चौलागाईंले प्रधानसेनापति पूर्णचन्द्र थापाको शुभकामना सन्देश पढेर सुनाएका थिए । उनले विद्यालयको भर्खरै सम्पन्न पूर्वाधार र भावी योजना’bout पनि प्रकाश पारेका थिए । त्यस्तै, विभिन्न विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ट सेवा गर्ने ६ शिक्षकलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।