संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलित

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आफ्ना १० बुँदे माग पूरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी इस्टुले ९ असोजसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र पनि बुझाउने भएको छ ।

इस्टुले अघि सारेका आन्दोलनका कार्यक्रम ११ असोजदेखि १३ सम्म मानव संशाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयमा अल्टिमेटम पत्र दिने, प्रदेशमा सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने, १५ गते सबै महानगरपालिका, उपमहानगरपालिकामा एक दिने धर्ना दिने र १८ असोजमा देशभरका प्रमुख सहरहरूमा विरोध ¥याली निकालेर कोणसभा गर्ने रहेका छन् ।

कार्यक्रममा इस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक÷कर्मचारीहरूलाई अहिलेसम्मको खाइपाई आएको तलब÷सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले निष्काषित शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक÷कर्मचारीका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन-नियम र कानुनमा भएका प्रावधानहरू अक्षरंश पालना गरिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा इस्टुका महासचिव भोलानाथ चालिसेले आफूहरूले अघि सारेका जायज माग पूरा गराउन आन्दोलनका कार्यक्रमलाई नयाँ उचाइबाट अघि बढाइने स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३