एटलान्टाको चार गोल

मिलान । इटालियन क्लब एटलान्टाले यूईएफए च्याम्पियन्स लिगको पहिलो सहभागितामै दमदार प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगको समूह चरणमा सुरुवाती ३ खेल गुमाएर पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी रहेको समूह ‘सी’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको एटलान्टाले बुधबार राति प्रि क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सियालाई ४–१ ले पराजित गर्दै सानदार प्रदर्शन गरेको हो ।

घरेलु मैदानमा फराकिलो जितसँगै एटलान्टाले क्वार्टफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । सान सिरो मैदानमा एटलान्टालाई जिताउन हान्स हेटबोयरले दुई तथा जोसिप इलिसिच र रेमो फ्रेउलरले गोल गरे । भ्यालेन्सियाका डेनिस चेरिसेभले सान्त्वना गोल फर्काए । आफ्नै मैदान भए पनि युरोपेली फुटबल महासंघले मापदण्ड नपुगेपछि सान सिरोलई घरेलु मैदान बनाएको एटलान्टाले खेलको सुरुवादेखि नै भ्यालेन्सियालाई दबाबमा राख्न सफल भएको थियो ।

१६औं मिनेटमा हेटबोयरले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाए । ४२औं मिनेटमा इलिसिचले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा २–० को अग्रता बनायो । ५७औं मिनेटमा इलिसिचले व्यक्तिगत दोस्रो गोल गरेपछि एटलान्टा सहज जिततर्फ अग्रसर बन्यो । ६२औं मिनेटमा फ्रेउलरले गोल गरेपछि एटलान्टाले खेलमा ४–० को आरामदायी अग्रता बनायो । ६६औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । चेरेसेभले मैदान छिरेको दोस्रो मिनेटमा नै गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा एटलान्टा ४–१ ले विजयी हुन सफल भयो । अब दोस्रो लेग भ्यालेन्सियाको मैदानमा ११ मार्चमा हुनेछ । एटलान्टालाई क्वार्टरफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भ्यालेन्सियालाई अघिल्लो चरण पुग्न कम्तीमा पनि ३–० को जित आवश्यक छ ।

बुधबार राति नै भएको अर्काे खेलमा साबिकको उपविजेता इंग्लिस क्लब टोटनह्याम हस्टपर जर्मन क्लब आरबी लेइपजिगसँग १–० ले पराजित भएको हो । चोटको मारमा परेको टोटेनह्याम घरेलु टोली मैदानमै स्तब्ध बनेको हो । हारसँगै टोटनह्यामको क्वार्टरफाइनलमा पुग्ने सम्भावना कठिन बनेको छ ।

खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेको लेइपजिगको दुईवटा सशक्त प्रहारलाई टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले बचाएका थिए । पहिलो हाफ गोलरहित बनेको खेलको ५८औं मिनेटमा लिपजिगले पेनाल्टी पायो । जसलाई टिमो वेर्नरले गोलमा परिणत गरे । त्यसपछि थप गोल निस्कन नसक्दा लेइपजिग १–० ले विजयी हुन सफल भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द