एपीएफ र पुलिस फाइनलमा

पर्वत । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पर्वतस्थित जलजला गाउँपालिका–३ मा १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा एपीएफले होंगवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । मुख्य स्पाइकर प्रतिभा मालीबिनाको डायमन्डमाथि एपीएफले २५–९, २५–१५ र २५–१८ को एकपक्षीय जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

यस्तै, विभागीय डवर्जी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । मंगलबार एपीएफलाई कडा चुनौती दिएको आर्मीले बिहीबार पुलिसलाई बलियो चुनौती दिए पनि ३–० को सोझो सेटमा हार बेहोर्न पुग्यो । पुलिसले पहिलो सेट २५–१९ ले जितेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा पनि पुलिस २५–२३ ले विजयी हुन सफल भयो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

बिहीबार नै लिगको अन्तिम खेलमा आयोजक रेडियो दिदीबहिनीद्वारा वाक ओभर पाएपछि पुलिस समूह ‘बी’को विजेता बनेको थियो । पुलिस र एपीएफ उपाधिका लागि शुक्रबार भिड्नेछन् । सेमिफाइनलमा पराजित आर्मी र न्यु डायमन्डले तेस्रो स्थानका लागि शुक्रबारै प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ र पुलिसले माघ अन्तिम साता काठमाडौंमा सम्पन्न १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको अन्तिमा तथा फाइनल सरहकै खेलमा प्रतिस्पर्धा गर्दा एपीएफ विजयी हुँदै च्याम्पियन बन्न सफल भएको थियो ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्राप्त गर्नेछ । लिग कम नकआउटका आधामा हुने प्रतियोगितामा सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)