Wednesday, October 21, 2020
Home Editor-Picks राष्ट्रिय सभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान् ?

राष्ट्रिय सभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान् ?

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ ।

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा लेखिएको छ । तर, राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित या मनोनयनबाट संसद् भएको हकमा के हुने भन्ने विषयमा बहस सुरु भएको छ ।

९ फागुन २०७६ मा राष्ट्रिय सभा निर्वाचनबाट सांसद बनेका नारायणकाजी श्रेष्ठ र गत साता मात्रै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतमले मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयले अहिले चर्चा पाएको छ ।

सत्तारूढ दलकै नेताहरूले प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेको व्यक्ति मन्त्रीका लागि योग्य नहुने भनिरहेका बेला संविधानविद्हरूको पनि फरक फरक तर्क आएको छ । वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संविधानअनुसार गौतम र श्रेष्ठलाई मन्त्री बन्न रोक नभएको बताए । संविधानको धारा ७६ को उपधारा ९ अनुसार दुवै जना मन्त्री बन्न योग्य रहेको ज्ञवालीको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्ति मन्त्री बन्न पाउँदैनन् : वरिष्ठ अधिवक्ता तथा संविधानविद् आचार्य

संविधानको धारा ७६ को ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ भनेर लेखिएको छ । जसको स्पष्टीकरणमा यस भागको प्रयोजनका लागि मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री सम्झनुपर्छ भनी उल्लेख छ ।

‘प्रधानमन्त्री बन्ने विषयमा संविधानले रोक लगाए पनि राष्ट्रिय सभाको सदस्य भएको व्यक्ति मन्त्री नहुने भन्ने हुन्न,’ उनले भने, ‘उपप्रधानमन्त्री, मन्त्री बन्नका लागि कानुन बाधक छैन ।’

‘प्रतिनिधिसभा निर्वाचन हारेको व्यक्ति पुनः उपनिर्वाचनमा जितेर पनि आउन सक्ने भए या राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित या राष्ट्रपतिबाट मनोनयन भएपछि संसद् हुन्छन्,’ उनले भने, ‘सांसद भइसकेपछि मन्त्री बन्ने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको छ ।’

संविधानको धारा ७८ ले संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुनेसम्बन्धी व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने उल्लेख छ । धारा ७८ संघीय संसद्मा सदस्य नभएको हकमा लागु गरिएको हो । त्यस्तो खण्डमा धारा ७८ को उपधारा २ ले संसद् नभएको व्यक्तिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्छ ।

श्रेष्ठ र गौतमलाई मन्त्री बन्न कानुनले रोक्दैन : वरिष्ठ अधिवक्ता तथा संविधानविद् ज्ञवाली

वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा. भीमार्जुन आचार्य प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न अयोग्य रहेको बताउँछन् । उनका अनुसार जनताले एक पटक पराजित गरेर पाँच वर्षका लागि अयोग्य भएको व्यक्तिलाई मन्त्री बनाउनु संविधानविपरीत हुनेछ ।

यो पनि पढ्नुहोस   कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

‘नेपालको संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधिसभाको निर्वाचन पराजित भएको व्यक्ति मन्त्री हुन नसक्ने स्पष्ट व्यवस्था गरेको छ,’ उनले राजधानीसँग भने, ‘राष्ट्रियसभा सदस्य हुनका लागि कुनै रोक लगाइएको छैन तर पराजित व्यक्ति मन्त्री हुन अयोग्य हुने संविधानले नै भनेको छ ।’ प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुनेछैन भनेर स्पष्ट लेखिएको आचार्यको तर्क छ । धारा ७६ को उपधारा ९ को कुरालाई संविधानको धारा ७८ को उपधारा ४ ले श्रेष्ठ र गौतम मन्त्री बन्न अयोग्य भएको स्पष्ट व्यवस्था भएको बताउँछन् ।

गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता
राष्ट्रिय सभामा मनोनयन भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति संविधानविपरीत रहेको भन्दै रिट दायर गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् । गौतम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

साताका लोकप्रिय समाचार

प्रशासनिक संघीयता व्यवस्थापनमा ढिलाइ : गम्भीर चुनौती

मुलुकमा २०६२/६३ को युगान्तकारी परिवर्तनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२ मा...

बाँकेमा ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज...

मुटुमा प्वाल भएकी बालिकाको उपचारका लागि २५ हजार सहयोग

काठमाडौं । दोलखा सिंगटीकी ४२ वर्षिया पम्फा थापाको छोरीको मुटुको उपचारका लागि राष्टिय बाल अधिकार परिषद्ले २५ हजार नगद सहयोग गरेको छ । कोरोना महामारीपछि खुलामञ्चमा...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

नेपालमाथि धार्मिक आक्रमण भयो : कोमल वली

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल वलीले पश्चिमाहरुद्धारा धार्मिक आक्रमण तिब्र पारिएको बताएकी छन् । पैसा दिएर क्रिश्चियन धर्ममा लैजाने कार्यलाई पश्चिामा एजेन्टहरुले तिब्र...

ट्रेन्डिङ

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा...

प्रशासन र स्थानीय तहबीच समन्वयको अभाव, नागरिक मर्कामा

गुल्मी । ‘गाउँमा मुटुरोग लागेको बिरामीलाई समेत जिल्लाका एम्बुलेन्सले विभिन्न बाहना बनाएर अस्पताल लैजान मानेनन ।’ धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित खहरे स्वास्थ्य चौकीका प्रमुख अर्जुन...

घर जानेको लर्को उत्तिकै

भक्तपुर । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँको जगाती नाका भएर ५४ हजार मानिसले उपत्यका छाडेका छन् ।...

समन्वय नहुँदा सर्वसाधारणलाई कष्ट

काठमाडौं । लकडाउनमा कतिपय ठाउँमा सरकारको अलमलका कारण सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । सरकारका विभिन्न तह तथा निकायबीच समन्वयकारी भूमिका नहुँदा र सरकारी निकाय...

कोरोनाविरुद्ध मित्रको ‘परिस्थिति’

काठमाडौं । लकडाउन केही खुकुलो भए पनि चलचित्र उद्योग चलायमान हुन सकेको छैन । यसैक्रममा छोटा नेपाली चलचित्रको निर्माण क्रम भने बढेको छ ।
यो पनि पढ्नुहोस   बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन
नेपाली...

राजधानीलाई कोरोनाको जोखिमबाट बचाऊ

बन्दाबन्दी खुकुलो पारिएसँगै काठमाडौंमा कोरोना महामारीको संख्या दिनदिनै बढ्दै गइरहेको छ । देशव्यापी हुँदै गएको कोरोना संक्रमणको अनुपातमा राजधानी सहरमा अनपेक्षित परिणाम देखापर्दै जानु...

बीपी साहित्य पुरस्कार ज्ञानमणी नेपाललाई, होमनाथ दाहाललाई सेनानी सम्मान

काठमाडौं । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ...

बालविवाहविरुद्ध प्रहरीको तिव्र अभियान

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका सिमराढीको अजय मुखियाको घरमा विहेको तयारी चलिरहेको थियो । पाहुनाहरु पनि आइसकेका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

‘गोल्डेन ब्वाइ अवार्ड’को मनोनयन सार्वजनिक

विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाइ अवार्ड’का लागि अन्तिम २० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । इटालियन सञ्चारमाध्यम...

मेसिनमा च्यापिएर किशोरको मृत्यु

जनकपुरधाम । कपडा पेल्ने मेसिनमा हात च्यापिएर महोत्तरीको बर्दिबास नगरपालिका–६ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)