बर्दियामा एकै दिन थपिए २३ जना कोरोना संक्रमित

बर्दिया । बर्दियामा मंगलबार २३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

संक्रमित मध्ये २२ जना बासगढी नगरपालिका र १ जना बढैयाताल गाउँपालिकाका हुन् । जसमा १४ पुरुष र ९ महिला रहेका छन् । यिमध्ये २० जना कन्ट्याक्ट ट्रेसिङ्गमा परेका हुन् । भने २ जना क्वारेनटाइनमा बसेका हुन् ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित हुने पालिका बासगढी भएको छ । बासगढी नगरपालिकामा हालसम्म १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिना अघि बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ काराखानाका ४२ जना कामदारलाई कोरोना देखिएको थियो । कामदारहरुको सम्पर्कमा रहेका परिवार र छिमेकीहरुलाई जाँच गर्दा बासगढीमा सबैभन्दा बढी संक्रमित देखिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियामा हालसम्म ५७९ जनामा कोरोना पुष्टि भएको छ । ४३२ जना निको भएर घर फर्केका छन् । १ जनाको मृत्यु भएको छ । १४६ जना आइशोलेसनमा छन् । जिल्लामा हालसम्म ११ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस