अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेत्रृत्वमा गएको १० सदस्यीय नाडा प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानासँग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्या’bout विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

सो भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजस्व सचिवबाट अर्थ सचिवमा पदोन्नति भएका ढुंगानालाई बधाई तथा शुभकामना दिए । नाडाका उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छाले अटोमोबाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्या’bout आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्ट्सको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने’bout पनि धारणा राखेको नाडाले जनाएको छ । उक्त भेटघाटमा सचिव ढुंगानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा धन्यवाद दिँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासनसमेत दिएका थिए ।

सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु