Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ ट्रमा सेन्टर र कान्ती बाल अस्पतालमा गरिबलाई आकस्मिक उपचार सेवा निःशुल्क

ट्रमा सेन्टर र कान्ती बाल अस्पतालमा गरिबलाई आकस्मिक उपचार सेवा निःशुल्क

,

काठमाडाै‌ं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको हो । मन्त्राालयले शुरुमा राष्ट्रिय ट्रमा सेन्टरबाट शुरु गरेको निःशुल्क उपचार आज कान्ति वाल अस्पतालबाट पनि शुरु गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

मन्त्रालयले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ ल्याई निःशुल्क सेवा दिन थालेको हो । कान्ति वाल अस्पतालले पनि आकस्मिक सेवा लिनका लागि आज सूचना जारी गरेको छ ।

अस्पतालले केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गराउने कार्यविधि बमोजिम गरिब, विपन्न, साथमा कोही नभएकालाई प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने थालिएको जनाएको हो । निःशुल्क सेवाका लागि अस्पतालको आकस्मिक कक्षमा वा टिकट काउन्टरमा तथा सामाजिक सेवा एकाईमा सम्पर्क गर्न समेत अस्पतालले अनुरोध गरेको छ ।

सरकारले गरिब परिवार परिचयपत्रवाहक नेपाली नागरिक, स्थानीय पालिकाका सिफारिसपत्र वाहक, उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही नभएका वा तेस्रो व्यक्तिले ल्याएका वा अप्ठयारोमा परेको सेवाग्राही र वेवारिसे व्यक्तिलाई निःशुल्क उपचार गर्ने छ । ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.सन्तोष पौडेलले सरकारको नीति अनुसार यही असोज १ गतेबाट गरिब तथा विपन्न वर्गको आकस्मिक सेवा निःशुल्क गर्न थालिएको जानकारी दिए । यस्तै कान्ति अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा अवधि एक दिनका लागि मात्र मान्य गरेको छ ।

सरकारले केन्द्रीय अस्पतालको रुपमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, विपि कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडीज, वीर अस्पताल, शहिर गंगालाल राष्ट्रिय हृदय केन्द्र, कोशी अस्पताल र नारायणी अस्पतालमा उक्त सेवा दिइने छ । यस्तै भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताल गरी १५ वटा अस्पतालमा यसै आर्थिक वर्षमा गरिब तथा विपन्नका लागि आकस्मिक सेवा निःशुल्क गर्ने छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले कार्यक्रमको शुरुमा ती १५ अस्पताललाई केही बजेट पेश्की स्वरुप उपलब्ध गराइसकेको बताए।

अस्पतालले यसरी निःशुल्क उपचार गराएका विरामीको शोध भर्ना प्रत्येक तीन तीन महिनामा उपचारात्मक सेवा महाशाखाबाट पाउने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै खर्च रकम शोधभर्नाको लागि पेश गर्दा एकाई मूल्य स्वास्थ्य बीमा वोर्डको अधिकतम मूल्य भन्दा बढी हुने छैन । यसरी कार्यक्रम सञ्चालन गर्ने सस्थाले प्रचलित ऐन नियम बमोजिम खर्च तथा लेखापरीक्षण गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा अस्पतालले बिरामीका लागि आवश्यक पर्ने औषधि तथा उपकरण र अन्य सामाग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ । बिरामी स्थिर भइसकेपछि आवश्यकता अनुसार डिस्चार्ज, वार्डमा भर्ना, शल्यक्रिया, सघन उपचार कक्षमा (आइसियु) भर्ना गर्नुपर्ने छ ।

कुनै विरामीलाई आकस्मिक घटना वा आपतकालिन अवस्थामा विरामीको जीवन वा अङ्ग जोखिममुक्त गरी बिरामीलाई स्थिर बनाउन वा आकस्मिक कक्षमा गरिने उपचार, तत्काल दिनुपर्ने अत्यावश्यक औषधि उपचार सहितको निःशुल्क सेवा आकस्मिक सेवा अन्तर्गत पर्दछन । रासस

(Visited 132 times, 1 visits today)
Loading comments...

आजको समाचार

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

गाउँ फर्कन लागेका आसिफलाई गायनमा भ्याई नभ्याई

काठमाडौं । विगत डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण काठमाडौंमा रहेका कतिपय गायक गायिका फुर्सदमा छन् । तर, पछिल्लो समय भाइरल भएका गायक आफिल खानले...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

खोप अभियानमा गति देऊ

सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन् । लक्षित वर्गभित्र पनि अझैं पौने २ करोड मानिस खोपको प्रतीक्षामा छन्...

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको...

ट्रेन्डिङ

युवतिलाई घर पु-याइदिन्छु भनेर ट्रकभित्रै बलात्कार

रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा...

दैलेखमा जोखिम बढ्दै, सावधानी हट्दै

दैलेख । यहाँको जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढदै गएको छ भने सावधानी हट्दै गएको देखिन्छ । कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी...

सूचना तथा प्रसारण विभागका सेवा र व्यवस्थापन

नेपाल सरकारले आम सञ्चार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाई स्थिरता, स्थायित्व र विकासमा सञ्चार जगत्को योगदान प्रवद्र्धन गर्न कानुनी र संस्थागत सुधार गर्ने, पत्रकार...

लकडाउन हटेपछि सुटिङमा पल शाह

काठमाडौं । सामाजिक दूरी कायम गर्दै संगीतकर्मीहरूले म्युजिक भिडियोको छायांकन थालेका छन् । यसै लकडाउन खुलेसँगै सामाजिक दूरी कायम गरेर गायक सरोज ओलीले नयाँ...

थ्री स्टारसँग ग्यान्तोकको हार

पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले भारत सिक्किमको ग्यान्तोक सिटी एफसीको चुनौती ३–० ले पन्छाउदै १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको...

जनकपुरमा पनि एक पत्रकारसहित दुई जनामा कोरोना संक्रमण

जनकपुरधाम । जनकपुरधाममा पनि एक पत्रकारसहित दूई जना कोरोना संक्रमित भएका छन् । पत्रकार संक्रमित रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन्...

अत्यावश्यक सामग्री उत्पादनमा दिन रात खट्नेहरुलाई थाहा छैन ‘खोप के हो ?’

वीरगन्ज । अत्यावश्यक सामग्री उत्पादन कार्यमा संलग्न श्रमिकहरु वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रका उद्योगमा दैनिक श्रम गर्छन् । सरकारको पहिलो प्राथमिकतामा परेर खोप लगाएका...

बर्दियामा जरायोको सिङसहित एक पक्राउ

बर्दिया । बर्दियामा जरायोको सिंङसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा नं ७ का ३१ वर्षीय बाबुराम लोधलाई प्रहरीले बुधबार १...

कहिलेसम्म अनशन ?

डा. गोविन्द केसीको नाम केही वर्षयता विशेष चर्चामा छ । वरिष्ठ हाडजोर्नी विशेषज्ञका रूपमा चिकित्सकीय सेवामा रहेका उनी देशको चिकित्सा शिक्षामा बढ्दो बेथितिविरुद्ध ‘सत्याग्रह’...

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले...

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका रहेको...

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास अनिवार्य

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)