एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार प्रदान गरेको छ । इलामकी गंगा माया राई र रूपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राहक बन्दै जनही १० लाख रुपैयाँ जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजना १ मंसिर २०७६ देखि तीन महिना सञ्चालन गरेको थियो ।

राई यस योजनाअन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख जितेका हुन् । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकले पनि जनही २ लाख पुरस्कार ग्रहण गरेका छन् । योजनाको ११औं साताअन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२औं साताअन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रमबीच मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजनाअन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहकमध्ये ३४ जना ग्राहकले नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् । यसअघि पुस १६ मा सिराहाका जितेन्द्रकुमार कामतीले यस योजनाअन्तर्गत पहिलो मासिक विजेता बनी नगद पुरस्कार १० लाख ग्रहण गरिसकेका छन् ।  

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले सातामा १ सय वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न योग्य हुने यो योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालनमा रहेको थियो । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता