काठमाडौं । एनएमबी बैंकले सिराहामा हुने प्रोजेक्ट स्वरोजगारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ । यो बैंकको दिगो विकासका लागि दीर्घकालीन उद्देश्यका साथ अवसरको सिर्जना तथा प्रवद्र्घन गर्न सञ्चालनमा ल्याइएको सामाजिक उत्तरदायित्वअन्तर्गतको परियोजना हो ।
सो परियोजनको डिजाइन र व्यवस्थापन बैंक र ग्लोबल प्रालिको साझेदारीमा गरिएको हो । यो परियोजना सिरहाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गर्न गरी डिजाइन गरिएको छ । जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्ने अपेक्षा छ । तालिमका लागि उद्यमीको संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्यनजर गरी सहभागीको छनोट गरिनेछ ।
चारदिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिनेछ । यस तालिम निःशुल्क रूपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकले फारम भरी स्थानीय एनएमबी बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेस गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुन २७ फागुनसम्म फारम भर्न सकिन्छ ।
यसका लागि सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्छ । सहभागी सिरहा जिल्लाकै स्थानिय बासिन्दा हुनुपर्ने, सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोणसहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्नेछ ।