गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो । गौतमको मनोनयन संविधानविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

२९ भदौमा मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई १ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 305 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन