कम्युनिष्टहरु सत्तामा पुगेपछि आफूले आफैँलाई सिध्याउने रहेछन् : प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताएका छन् ।

नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको आज शिलान्यास गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका सङ्केत र लक्षण देखापर्न थालेका छन् ।’

विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफैँलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्तीकमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हुँदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उनको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित