काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक जवानलाई यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसियुमा भर्ना गरिएको उनको उपचारको क्रममा मृत्यु भएको हो । उनको यही असोज ८ गते स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै नेपाली सेनामा कोभिड-१९ का कारणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
हालसम्म नेपाली सेनामा कुल संक्रमितको संख्या २,१९७ पुगेको छ । तीमध्ये ५३९ जनालाई निको भइसकेको भने एक हजार ६५६ सक्रिय सङ्क्रमित रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)