Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थरोकिएन शंकर ग्रुपको बदमासी, खुल्दै राजस्व छलीको अपराध

रोकिएन शंकर ग्रुपको बदमासी, खुल्दै राजस्व छलीको अपराध

,
sharethis

काठमाडाैं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर गु्रपमाथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ ।

शंकर ग्रुपका कम्पनीले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन र कारबाहीलाई एकैपटक अघि बढाएको हो ।

–सरकारका तीन निकायको एकैपटक छानबिन

–अकुत सम्पति खोजिँदै

–कालोबजारी धन्दाउस्तै

–एकपछि अर्को फ्रड धन्दा

–सबै सञ्चालकलाई बयानमा बोलाइने

शंकर ग्रुपका विभिन्न कम्पनीले राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले ती कम्पनीमाथि छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपका केही कम्पनीमाथि छानबिन थाल्दा राजस्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागमार्फत छानबिनलाई अघि बढाइएको जनाएको छ । शंकर ग्रु्पद्वारा उत्पादित जगदम्बा ब्रान्डका डन्डी गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलद्वारा उत्पादित १६ एमएमको टीएमटी वान फलामे डन्डी बिक्री वितरणमा पूर्णतः रोक लगाएको छ । शंकर ग्रुपले बजारमा पठाएको करोडांै मूल्यबराबरको सो डन्डी फिर्ता गरी नष्ट गर्नसमेत विभागले निर्देशन दिइसकेको छ ।

यसैगरी विभिन्न उत्पादमा कालोबजारी गरी सर्वसाधारणलाई ठगी गर्दै अकुत सम्पति कमाएको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि ग्रुप सम्बद्ध विभिन्न कम्पनीको कागजबारेमा गम्भीर छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार ग्रुप सम्बद्ध कम्पनीले एकपछि अर्को फ्रड धन्दा सञ्चालन गरेको पाइएको छ । कोरोना महामारीको समयमा बजारमा थर्मल गनको कालोबजारी गर्दा गर्दै पक्राउ परेका कम्पनीका सञ्चालक सुलभ अग्रवाललाई सम्पति शुद्धीकरण अनुसन्धान विभागले समेत केही समय नियन्त्रणमा लिएर छोडेको थियो । अदालतको धरौटीमा रिहा भएका उनीमाथिको मुद्दा विचाराधीन अवस्थामा नै छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले आफूहरूले शंकर ग्रुपुका कम्पनीको कालोबजारीबाट आर्जन गरेको सम्पतिबारे छानबिन गरिरहँदा अर्को ठगी काण्ड पुष्टि हुनुले आफूहरूलाई अझै गम्भीर बनाएको बताए । ‘धेरै फ्रड पुष्टि हँुदै जान थालेका छन्, त्यसैले अनुसन्धानलाई अझै व्यापक बनाएका छौं,’ भट्टराईले राजधानीसँग भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीको सम्पति र सम्पतिको स्रोतबारे सम्पति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । सम्पति छानबिन गर्ने क्रममा शंकर ग्रुपले राजस्वसमेत छली गरेको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले राजस्व छलीमा कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचारसमेत गरेको छ ।

विभागले शंकर ग्रुपका सबै कम्पनीको जायजेथा सम्पति विवरणसमेत संकलन गरिरहेको छ । प्राप्त कागजातका आधारमा शंकर ग्रुपका एकपछि अर्को फ्रड धन्दा उजागर हुँदै जान थालेको विभाग स्रोतले जानकारी दिएको छ । विभागका अनुसार सबै सम्पति तथा जायजेथाको विवरण संकलन गरेपछि ग्रुपका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सञ्चालकलाई बयानका लागि बोलाइने विभागले जनाएको छ ।

फ्रड मनी खोज्न विशेष अनुसन्धान संयन्त्र

सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपद्वारा सञ्चालित विभिन्न कम्पनीले फ्रड धन्दा र कालोबजारीबाट आर्जन गरेको सम्पति खोज्न विशेष अनुसन्धान संयन्त्र बनाउने भएको छ । ‘कसरी फ्रड गरेर अकुत सम्पति आर्जन गरेको छ त्यसको छानबिनका लागि उच्चस्तरीय अनुसन्धान संयन्त्र बनाएर छानबिन गर्छौं,’ विभागका एक अनुसन्धान अधिकृतले भने । सम्पति शुद्धीकरण अनुसन्धान विभागले कसैको दबाबमा नपरी शंकर ग्रुपले फ्रड गरेर आर्जन गरेको सम्पतिको खोजी गर्न विशेष अनुसन्धान संयन्त्र बनाउने भएको हो । ‘फ्रड गरेर कमाएको सो सम्पति जफत गरेर राष्ट्रिय ढुकुटीमा ल्याएरै छोड्छांै,’ विभागका एक अधिकारीले भने ।

तपाइको प्रतिक्रिया

(Visited 382 times, 1 visits today)

आजको समाचार

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

साताका लोकप्रिय समाचार

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

पदकबारे ओलीको टिप्पणी : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

ट्रेन्डिङ

राईको नाममा फेक ट्वीटर खोलेर भ्रम छरिदै

काठमाडौ । ओली सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको पुर्व गृहसचिव प्रेम कुमार राईको नाममा नक्कली ट्वीटर खोलेर भ्रम फैलाउन खोजेको...

अहा सडकमा रंगीचंगी छाता (फोटोफिचर)

काठमाडौं । काठमाडौंको न्युरोडगेट देखि संकटा मन्दिर सम्मको सडक खण्डमा अहिले छाता ओढाइएको छ । खासमा यो सिजनमा छाताको महत्व भेटिदैन । मंसिर, पुस...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)