आजको युगमा हिजोसम्म विश्व जगत्लाई एक दिन पनि रोक्न सकिन्न होलाजस्तो लागिरहेका बेला कोभिड–१९ का अगाडि विश्व समुदाय निरीह बन्न बाध्य भयो । सामाजिक, सांस्कृतिकलगायत सबै गतिविधिमा प्रतिबन्ध लाग्यो । हवाई तथा सडक यातायात रोकिए । सरकारको सम्पूर्ण काम कोरोना नियन्त्रणमा सीमित छ । न्याय, प्रसासन, संसद् अवरुद्ध भए । सानातिना र सामान्य बिरामी अस्पताल नआउन र फोनबाटै सल्लाह लिन भनियो । आस्थाका धरोहर मन्दिरका ढोका थुनिए, स्कुल कलेज बन्द भए, व्यापार, व्यवसाय ठप्प भए । मृतकको सदगद परम्परागतअनुसार हुन पाएनन् । तर, समयक्रमसँगै मानिस कोरोनाबाट डराउन छाडेका छन् । आजसम्म नेपालमा कोभिड–१९ बाट करिब ७२ हजार संक्रमित र ५३ हजार निको तथा पौने ५ सयको मृत्यु भइसकेको छ । उक्लदो संक्रमणको ग्राफ र सख्याले संस्थागत आइसोलेसन र कोभिड अस्पतालहरूको बेड भरिँदै गएकाले शøया पाउन आकाशको फल भएको छ ।
नेपालमा कोभिड–१९ संक्रमणको सुरुवाती चरणमा कोरोनाका लक्षण र चिह्न निकै कम देखिएका थिए । हाल आएर सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, बिनाकारण ज्वरो, घा“टी दुख्ने लक्षण देखिएका छन् । यस्ता लक्षण देखिन थाले आफूलाई परिवारबाट अलग गर्नुपर्छ र कोभिडको परीक्षण गराउनुपर्छ । नमुना दिइसकेपछि पनि आफूलाई अलग अर्थात् क्वारेन्टाइनमा राख्नैपर्छ । परीक्षणमा नतिजा पोजेटिभ आए आइसोलेसनमा बस्नुपर्छ । त्यसैमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा रहन तथा कडा लक्षण भएकालाई मात्र अस्पतालमा भर्ना गर्न मन्त्रालयले मापदण्ड नै बनाएर चार वटा नम्बर दिई लागू गरेको छ । तथापि, ती नम्बरमा सम्पर्क भई एम्बुलेन्स आउने र अस्पतालमा शøया पाउन कोभिड जित्नभन्दा धेरै गाह्रो छ । तथापि दैनिक जीवनयापन कोरोनासँगसँगै चलायमान बनाउनुपर्ने आजको बाध्यता तथा जरुरत हो ।
विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य जाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ
स्कुलमा बालबालिकाको तहअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन जरुरी छ
किन विद्यालय सञ्चालन ?
ड्ड ज“ाच नै नदिएर विद्यालयले दिएको अंक नै अन्तिम हुने भएपछि बारम्बार स्कुललाई सोर्स र फोर्स लगाउन जिद्धी गर्ने बच्चा बाबाले नमानेपछि दुई साता जति चिन्तित बस्यो र आफ्नो मिहिनेतलाई भाग्यसँग जोडेर मन शान्त पार्न यसरी परीक्षा नै दिन नपर्ने भए त पीएचडीसम्म पढ्ने इच्छा जाहेर गर्न थाल्यो बच्चाले ।
अनलाइन कक्षा सकिनेबित्तिकै छोराले भन्यो– बाबा ∕ मैले त स्कुलका साथी र शिक्षकको अनुहार बिर्सिसकें, जाने बाटो नै बिर्सिसकें, स्कुल कहिले खुल्छ ?
कोरोनाको महामारी सुरु भएपछि लकडाउनसँगै बन्द भएका शिक्षण संस्था आजसम्म खोल्ने हिम्मत कसैले गर्न सकेका छैनन् । विद्यार्थी जम्मा हुने थलो भएकाले एसएमएस जनस्वास्थ्य मापदण्ड लागू गर्न असहज छ र संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित मनोविज्ञानमा अनिदानीय पीडामा छन् ।
सबै स्कुल तथा कलेज बन्द भएकाले ५ वर्षदेखि २१ वर्षसम्मका विद्यार्थी घरभित्र सीमित भई बसेका छन् । अनलाइन र दूरशिक्षा भनिए पनि सामाजिक सञ्जाल, भिडियो गेम, मोबाइलमा व्यस्त भएका छन्, मनोवैैज्ञानिक कोभिडको संक्रमणभन्दा अन्य घटनाको जोखिम उच्च भएको छ । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । उमेर र सिकाइबीच घनिष्ट सम्बन्ध रहन्छ, निरन्तर पढन नपाए पढेको पनि बिर्सन्छ ।
कोभिड–१९ संक्रमण र जोखिम नघटे पनि लामो लकडाउन र निषेधाज्ञा सकिएसँगै विद्यालय अब कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने बहस हुन थालेको छ । कोभिडसँगै दैनिकी चलायमान बनाउन सर्वसाधारण तयार हँुदै गएका छन, जसमा स्कुल कलेज पनि थपिएका छन् । त्यसो त कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गरी सिकाइ बन्द गरेका छैनन् । तथापि, नेपालजस्तो भौगोलिक विकटता, आर्थिक विपन्नता भएको देशका अभिभावक र विद्यार्थीका लागि अनलाइन कक्षा विकल्प बन्न सकिरहेको छैन । विकसित देशले समेत सावधानी अपनाएर विद्यालय कलेज खोल्न थालेका छन् । बालबालिकाको शैक्षिक सत्रमै असर पर्ने देखिएपछि सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिनेमा सबै सकारात्मक छन् ।
फोहोर व्यवस्थापन
कोभिड–१९ का शंकास्पद बिरामी राख्न क्वारेन्टिनका रूपमा प्रायः स्कुल प्रयोग भएका थिए र छन् । नेपालमा कुल उत्पादित ठोस फोहोरमा ६५ प्रतिशत घरायसी हुन्छ । लकडाउन भएदेखि शैक्षिक, औद्योगिक र व्यावसायिक फोहर उत्पादनमा कमी आए पनि घरायसी र अस्पतालजन्य फोहोरको आयतनमा बढोत्तरी भएको छ ।
चीनमा कोभिड–१९ प्रकोपका कारण ठोस फोहोर उत्पादनमा ३० प्रतिशतले कमी र स्वास्थ्य संस्थाजन्य फोहरमा ३७० प्रतिशतले वृृद्धि भएको खोजले देखायो । कोरोना बिरामी बढेसँगै इटालीमा अस्पतालजन्य फोहर आयतन तीन गुणाले बढ्यो । जापानको टोकियोमा होम आइसोलेसन तथा सेल्फ क्वारेन्टाइनका कारण जलाउन सकिने घरायसी फोहोरमा ३.१० प्रतिशतले वृृद्धि छ ।
महामारीकै बीचमा विभिन्न जिल्लाका ५ सय जनामा गरिएको अनलाइन सर्वेक्षणमा ८७ प्रतिशतलाई फोहरबाट कोरोना भाइरस सर्न सक्छ भन्ने थाहा छ भने २३ प्रतिशतमा आफ्नो क्षेत्रमा फोहोर संकलनको सेवा नभएको बताए । महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ असार १९ मा अन्तरिम निर्देशिका जारी गरेको छ तर कतिले पढे थाहा भएन । व्यवहारतः सबैले बेवास्ता गरेको देखिन्छ । स्थानीय निकायले फोहोर कुहिने र नकुहिने वर्गीकरण गर्ने, चिकित्साजन्य फोहोरलाई निर्मलीकरण गरेर मात्र घरायसी फोहरसँग मिसाउनेजस्ता २०७० का निर्देशिकामा रहेका तथ्य आपतकालमा पनि प्रयोग हुन सकेन ।
मापदण्ड
अमेरिकाको सीडीसीले जारी गरेको निर्देशिकालाई सर्वाेपरि गर्दै स्कुलमा बालबालिकाको तहअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन जरुरी छ । जस्तै : प्रि–स्कुलका बालबालिकालाई सानो समूह बनाएर एक शिक्षिकाले मात्र पढाउने र कम्तीमा ३ देखि ६ फिट दूरीमा राख्न सकिन्छ । विद्यालय बसाइ समय घटाउन सकिन्छ । अनावश्यक भिजिटर नल्याउन, कोठा भित्रभन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ ।
कोरोना भाइरस मानव शरीरबाहिर कार्डबोर्डमा एक दिन, काठ र कपडामा दुई दिन, स्टिल र प्लास्टिकमा तीन दिन, ग्लास र कागजको पैसामा चार दिन तथा मास्कको बाहिरी सतहमा सात दिनसम्म जीवित रहन सक्ने भएकाले संक्रमितको घर, स्वास्थ्य संस्थाबाट निस्कने फोहर व्यवस्थापनमा चुनौती थपिएको हो । मास्क, पीपीई, स्यानिटाइजर बोटल, पन्जाजस्ता संक्रमित फोहर तीन दिनसम्म छुट्टै झोलामा संकलन गरेर मात्र बाहिर पठाउनुपर्छ ।
संक्रमणबाट सुरक्षित बनाउन कक्षाकोठामा मात्र नभई स्कुल बस, लबी, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । नर्सको व्यवस्था, दैनिक स्वास्थ्य ज“ाच, घर फर्किसकेपछि पनि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, हाइजेनिक खाना, रोग प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन सक्ने पोषिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनुपर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठ्यसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नुपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्य जाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ । भौतिक दूरी, स्वच्छता कायम गर्न बढी शिक्षक र कर्मचारीको जरुरत पर्न सक्छ ।
अन्तमा, संक्रमणको प्रमुख कारण पारिवारिक जमघट चीनमा देखिएकै हो र आज नेपालमा पनि देखिँदै छ । विद्यालय पनि परिवार नै भएकाले क्वारेन्टिनका रूपमा प्रयोग भएका विद्यालयहरूलाई निसंक्रमण गर्दे सीडीसी त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनस्वास्थ्य मापदण्ड र शिक्षा मन्त्रालयको निर्देशिकामा उल्लिखित मापदण्ड अपनाउँदै विद्यालय खोल्न सकिन्छ ।