काठमाडौं । जनरल इन्सुरेन्सले कम्पनीले आइतबार ११ असोजबाट आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । आइतबार बिहानैदेखी सेयर भर्नेहरु सक्रिय भएपछि मेरो सेयरको एप्लिकेसनमा समस्या आएको छ । एप्लिकेसनमा आएको समस्या समाधान गर्न पहल गरिरहेको सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यस इन्सुरेन्सले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ ।
बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसारमा रहेको छ । कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।






