काठमाडाैं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।
सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दैआएका पत्रकारलाई उक्त पदकबाट विभूषित गरेका हुन् ।
विभूषित हुनेमा परशुराम काफले (नयाँ पत्रिका) ,नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) छन् ।
समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।







