Wednesday, October 21, 2020
Home भर्खरै अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ ।

संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई एसिड प्रहार गरे २० वर्षसम्म जेल सजाय हुनेछ । एसिड छ्याप्ने व्यक्ति कानुनबमोजिम सजाय कटौती नहुने गरी २० वर्षसम्म जेल बस्नुपर्नेछ ।

अध्यादेशमा एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना हुने व्यवस्था छ । एसिड आक्रमण गरेको प्रमाणित भएमा भने २० वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।

एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणामस्वरूप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ भने शरीरका कुनै असर भए त्यसअनुसार कसुर भएको मानेर मुद्दा चलाइनेसमेत उल्लेख छ ।

एसिड प्रहारबाट अंगभंग भए पनि त्यसलाई ज्यान लिने योजनामै भएको भनी अदालतले अनुमान लगाउन सक्नेलगायतका प्रावधान पनि समेटिएको छ

आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ । तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अंगमा क्षति पु¥याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ ।

शरीरका अन्य अंगमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्नेछ । तेजाब बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनुपर्नेछ । वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक र नवीकरण गर्नुपर्ने पनि कानुनी व्यवस्था गरिएको छ ।

अध्यादेश जारी भएसँगै तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी पैठारी वा बिक्री वितरण गर्न अब अनुमति लिनुपर्नेछ । अनुमति लिन चाहने व्यक्तिले नाम, ठेगाना र फोन नम्बर उपलब्ध गराउनुपर्नेछ । उद्योग, व्यवसाय वा कम्पनी दर्ताको प्रमाण र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण भएकालाई अनुमति दिने व्यवस्था छ । उत्पादन निकासी र पैठारी गर्न मन्त्रालयको सिफारिसपत्र चाहिने व्यवस्था गरिएको छ । बेचबिखनमा हेलचेक्य्राइँ गर्नेलाई वा रेकर्ड नराखी बिक्री गरेर कसैमाथि आक्रमण भयो भने बिक्रेतालाई पनि बढीमा १ वर्षसम्म जेल सजाय हुने व्यवस्था राखिएको छ ।

यो पनि पढ्नुहोस   थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

तेजाबलाई मानव अंग, जीवजन्तु वा जैविक वा अजैविक वस्तु जलाउने (बर्न) घातक क्षति पु¥याउने (कोरोसिभ) वा अन्य कुनै किसिमले गम्भीर असर पु¥याउने अकार्बोनिक (इनअर्गानिक) एसिडजन्य रासायनिक पदार्थका रूपमा राखिएको छ । नाइट्रिक, सल्फरिक र हाइड्रोक्लोरिक एसिड तथा अन्य घातक ज्वलनशील रासायनिक पदार्थबाट आक्रमण भएको कसुरलाई एसिडजन्य अपराधका रूपमा व्याख्या गरिएको छ ।

एसिडजन्य अपराधका कसुरमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी मिनाहा गर्न नपाइने, यस्ता मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किनारा लगाउनुपर्ने, अपराधीबाट पीडितको उपचार खर्च भराउनुपर्ने, जरिमानाबापतको रकम फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगरे संलग्न व्यक्तिको जायजेथाबाटै असुल गर्ने, एसिड प्रहारबाट अंगभंग भए पनि त्यसलाई ज्यान लिने योजनामै भएको भनी अदालतले अनुमान लगाउन सक्नेलगायतका प्रावधान पनि समेटिएको छ ।

मुलुकी अपराध संहिता २०७४ सहित प्रमाण ऐन २०३१, न्याय प्रशासन ऐन २०७३, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ र अपराध पीडित संरक्षण ऐन २०७५ का केही प्रावधान संशोधन गरेर अध्यादेश ल्याइएको हो ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

साताका लोकप्रिय समाचार

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष...

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ...

प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई...

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको...

ट्रेन्डिङ

ओली प्रधानमन्त्री बन्न योग्य रहनुभएन, नेकपाले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाओस् : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त...

कोरोना कहरमा नहराएको मानवीयता

काठमाडौँ । ‘हेल्लो ! रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुप-यो, साह्रै विजोग छ’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई...

आन्दोलनले पठनपाठन अवरुद्ध

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विज्ञान संकायका आंशिक प्राध्यापकहरूको आन्दोलनलाई समर्थन गर्दै स्थायी र करार प्राध्यापकहरूले...

काभ्रे गोल्डकप अर्काे महिना

काभ्रेपलाञ्चोक । दोस्रो संस्करणको काभ्रे गोल्डकप आगमी चैतमा आयोजना हुने भएको छ । आयोजक काभ्रे जिल्ला फुटबल...

निर्मला हत्या प्रकरण : प्रहरीको निलम्बन फुकुवाको तयारी

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको फितलो अनुसन्धानको आरोप लागेपछि निलम्बनमा परेका प्रहरीको निलम्बन फुकुवाको तयारी भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकमार्फत...

आईटीएफ तेक्वान्दोको रक्तदान र भोजन

काठमाडौं । नेपाल आईटीएफ तेक्वान्दोले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान र वृद्धवृद्धालाई भोजन गराएको छ । दुई दिने कार्यक्रमअन्तर्गत पहिलो दिन बुधबार आईटीएफले...

तत्काल केन्द्रिय समिती बैठक बोलाउन देउवालाई आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रिय समिती बैठक बोलाउन आग्रह गरेका छन् । उनले १४ औं महाधिवेशनको...

सरकारको ऐतिहासिक र साहसिक कार्य

आफ्नो मातृभूमिका लागि लड्नु हरेक नागरिकको कर्तव्य हो । हाम्रा वीर पुर्खाहरूले मातृभूमिको रक्षाका लागि हाँसीहाँसी जीवनको आहुति दिएका थिए । तिनै वीर पुर्खाका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

धेरै पढिएका

ट्राफिक प्रहरीको ड्रेस लगाएर ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै सर्व साधरणलाई ठगि गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका – ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी...

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२...

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   भर्चुअल रुपमा जीवन रुपान्तरणको कला सिकाउँदै

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

(Visited 80 times, 1 visits today)