Tuesday, October 27, 2020
Home Not-to-be-missed गायनमा फड्को मार्दै नेपाल आइडलकी प्रमिला

गायनमा फड्को मार्दै नेपाल आइडलकी प्रमिला

काठमाडौं । नेपाल आइडल तेस्रो संस्करणमा यसपटक सज्जा चौलागाईं विजेता भइन् । नेपाल आइडलले महिला विजेता पाउन तेस्रो संस्करणसम्म कुर्नुप-यो । यसरी सज्जा विजेता हुँदा पहिलो संस्करणकी प्रमिला राई निकै खुसी छन् ।

प्रमिलाको नेपाल आइडल बन्ने ठूलो सपना थियो । त्यतिबेला बैंकर रहेकी प्रमिलाले नेपाल आइडलको यात्रामा आफूलाई उत्कृष्ट सातसम्म पु-याइन् । त्यसपछि उनको यात्रा सकियो ।

‘पहिलो र दोस्रो संस्करणमा हामी नारीहरू उत्कृष्ट पाँचबाटै बाहिरिनुपर्दा सायद नारी नेपाल आइडल बन्न सक्दैनन् कि जस्तो लागेको थियो । तर, यसपटक सज्जाले नेपाल आइडलको उपाधि जित्दै हामीमा हौसला बढाएकी छन्,’ गायिका प्रमिलाले सोमबार राजधानीसँग गफिने क्रममा भनिन् ।

यी गायिकाले आफ्नो नयाँ गीत रूप मेरो… को भिडियो तीन दिनअघि मात्र सार्वजनिक गरेकी छन् । यो गीतको प्रचारका क्रममा राजधानीसँग भेटिएकी उनले यसपटकको गीतमा आफ्नो सौन्दर्यको प्रशंसा गरेको बताइन् । हरेक नारीमा आफ्नै प्रकारको सुन्दरता हुने भएकाले सबैका लागि मिल्ने गीत आफूले बनाएको बताइन् । दर्शकले रुचाइरहेको यो गीतमा गायक प्रताप दाससँग उनी आफैंले मोडलिङ गरेकी छन् । गीतको भिडियो उनले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् ।
पाँचथर सिदिनकी प्रमिलाले स्कुले जीवनदेखि नै गायन यात्रा थालेकी थिइन् । कलेजका दिनहरूमा उत्कृष्ट गीत गाएर प्रशंसा बटुलेकी उनले पाँच वर्षअघि अभया सुब्बाको ‘निर्भयाज उमन इन कन्सर्ट’मा आफूलाई प्रतिस्पर्धीको रूपमा उतारिन्, ‘नारी सशक्तीकरणसम्बन्धी सो गायन प्रतियोगितामा म फाइनलसम्म पुगें । उत्कृष्ट हुन नसके पनि गायनमा लाग्न प्रेरणा मिल्यो र स्टेज प्रस्तुति गर्न सक्ने भएँ ।’

यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

त्यसपछि उनी नेपाल आइडलको पहिलो शृंखलामा सहभागी भएकी रहिछन् । त्यतिबेला लक्ष्मी बैंकमा कार्यरत उनले बैंकमै काम गरेर नेपाल आइडलको उत्कृष्ट सातसम्म आफूलाई प्रस्तुत गर्न सफल भइन् । नेपाल आइडलपछि भने उनको गायन यात्रा निरन्तर अघि बढेको छ ।

गायनमा आफूलाई बैंकबाटै प्रेरणा मिलेको जनाउँदै उनले भनिन्, ‘लक्ष्मी बैंकमा अग्रज दाइहरूको एउटा ब्यान्ड थियो । बैंकको विभिन्न कार्यक्रमसहित वार्षिकोत्सवमा गाउने काम गरिन्थ्यो ।’ यसरी नै बैंकबाटै आफ्नो गायन यात्रा अघि बढेको उनले बताइन् । नेपाल आइडलपछि विभिन्न देशमा कन्सर्ट गरिसकेकी यी गायिकाले त्यसपछि भने बैंकलाई समय दिन सकेकी छैनन् । आगामी दिनमा बैंकमा जोडिने चाहना उनले व्यक्त गरिन् ।

उनी नेपाली, जापानिज, कोरियनलगायत विभिन्न भाषाभाषीका गीत पनि गाउँछिन् । केही वर्षअघि सांस्कृति संस्थान र नेपाल जापान सोसाइटीले आयोजना गरेको जापानिज गायन काराउके प्रतियोगिता उनी उत्कृष्ट भइन् । त्यसपछि आफूमा गायन क्षमता छ भन्ने उनलाई लागेको रहेछ । नेपाल आइडलमा सहभागी हुनुको प्रेरणा त्यो कार्यक्रम पनि रहेछ ।

यी गायिकाले नेपाल आइडलबाट आफू बाहिरिएपछि आफ्नो कान्छा हो…, गीत हिट भयो । जाऊँ न मेरो गाउँ…, सोल्टीज्यू…, फूलको डालीमा…, लुकेको कुरा…, एउटै आकाशमुनि…,जस्ता गीत उनले बजारमा ल्याइसकेकी छन् ।
अहिलेसम्म गायनसम्बन्धी कुनै पनि प्रशिक्षण नलिई यहाँसम्मको यात्रा तय गरेकी प्रमिला चाँडै नै गायन प्रशिक्षण लिने पक्षमा छिन् । आफूलाई अझै परिमार्जित गर्दै गायन यात्रालाई अघि बढाउने योजना उनले सुनाइन् ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने ।...

रामकृष्णको नयाँ गीत, लण्डनमा खिचियो

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक भएकोे छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर...

दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी...

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी...

ट्रेन्डिङ

सत्तारूढ पार्टी र सरकारबीच सम्बन्ध

अहिले सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको आन्तरिक सांगठनिक जीवनमा देखापरेका समस्यालाई लिएर बहस उत्पन्न भएको छ । यो बहस र विवादको केन्द्रमा...

दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा दुई जना सहायक बन अधिकृत अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका...

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

बेइजिइ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि...

सुन्दर यातायातले पुरानै भाडामा यात्रु चढाउने, मास्क पनि दिने

काठमाडौं । सुन्दर यातायात प्रालिले मंगलवारदेखी आफ्नो सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमण सुरु हुनु अगाबै सवै यात्रुको ज्वरो परिक्षण गरेर यात्रु चढाउने...

एमसीसी सम्झौता : नेकपा कार्यदलले थाल्यो काम

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बारे सुझाव दिन गठन गरेको...

अध्यादेश फिर्तापछि शीर्ष नेता एकजुट

काठमाडौं । सरकारले दुई अध्यादेश जारी भएको एक साता नबित्दै फिर्ता गरेपछि सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएका छन्...

सिरहामा महिलाद्वारा झुण्डिएर आत्महत्या

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर-४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका वडा नम्बर-४ ललभितियाका...

कोरोना संक्रमितको शव उच्च सम्मानका साथ व्यवस्थापन

नेपालगञ्ज । कोरोना संक्रमणको कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत आइतबार मृत्यु भएका व्यक्तिको शव मंगलबार व्यवस्थापन गरिएको छ । अछाम...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

धेरै पढिएका

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीले ब्रिटिस काउन्सिल नेपालद्वारा आयोजित पूर्ण अन्तर्राष्ट्रिय स्कुल अवार्ड जित्न सफल भएको छ । साथै अर्को विधा ‘उत्कृष्ट...

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली...

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

(Visited 85 times, 1 visits today)