दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुबाहक बसको ठक्करले किच्दा मृत्यु भएको हो ।
सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले शुक्रबार साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवबलिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको स्थानियवासीले बताए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)