सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ ।

उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबारका सवारी दुर्घटनामा मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा, दोलखा–कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बसले ठक्कर दिँदा १० वर्षीय पुजन थामी र पोखरा महानगरपालिका–११ फूलबारी सडकमा स्कुटल दुर्घटना हुँदा भोजपुरका ३० वर्षीय काइँला राईको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ