Saturday, December 5, 2020
Home Exclusive नेकपामा फेरि किचलो

नेकपामा फेरि किचलो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।

केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु हुने देखिन्छ । मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो । सरकारले बिहीबारमात्रै दुई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । अमेरिकाका लागि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदुत नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

हालै सम्पन्न स्थायी कमिटीको निर्णयअनुसार ओली र दाहालले जारी गरेको अन्तरपार्टी निदर्शे न–५ मा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यता प्रभावकारी कार्यान्वयन गर्ने भन्ने उल्लखे छ

त्यस्तै, बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । खतिवडा मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए । अध्यक्ष दाहालनिकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले नियुक्ति विषयमा छलफल नै नगरी एकलौटी गरेका हुन् । हालैको सचिवालय र स्थायी कमिटी बैठकका निर्णय एवं निष्कर्षविपरित प्रधानमन्त्री ओलीले नियुक्ति गरेको दाहाल समूहको आरोप रहेको छ ।

यो पनि पढ्नुहोस   विदेशमा दुःख, स्वदेशमा ढुक्क

‘अध्यक्षद्वय ओली र दाहालबीच भएको गएको मंगलबारको छलफलमा समेत केही सहमति भएको छैन,’ दाहालनिकट नेताले राजधानीस“ग भने, ‘प्रधानमन्त्रीले कसैको नाम नलिई केही नियुक्ति तत्काल गर्नुपर्ने बताएपछि अध्यक्ष दाहालले सचिवालय बैठकमा छलफल गरेर गरौं भनेपछि संवाद सरकार पुनर्गठनतर्फ मोडियो ।’

यसअघि पनि पार्टीमा विवाद भएपछि नेकपा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले आफ्नो काम गर्दैगर्दा प्रधानमन्त्रीले केही नियुक्ति गरेका थिए । त्यतिबेलासमेत यो विषय उठेको बताउँदै ती नेताले ‘अब सचिवालय बैठकमा छलफल हुने’ बताए ।

‘सचिवालय सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ ।

सचिवालय बैठकले समेत मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंगमा रिक्त पदाधिकारी एवं राजनीतिक नियुक्ति, विश्वविद्यालयमा हुने नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

नेकपा वरिष्ठ नेता खनालले नियुक्तिबारे आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको जिकिर गरे । सचिवालय बैठक नबसेको र व्यक्तिगत रूपमा समेत सल्लाह नभएको बताउँदै उनले यसबारे पार्टीमा छलफल हुने बताए । हालै सम्पन्न स्थायी कमिटीको निर्णयअनुसार ओली र दाहालले जारी गरेको अन्तरपार्टी निदर्शे न–५ मा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यता प्रभावकारी कार्यान्वयन गर्ने भन्ने उल्लखे छ । तर, त्यसविपरित प्रधानमन्त्री आफैंले काम गर्न थालेको आरोप असन्तुष्ट नेताले लगाएका छन् ।

(Visited 978 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

जनताका समस्या कसरी हटाउने भन्नेमा कहिल्यै छलफल गर्नुहुन्न किन ? : केपी शर्मा ओली

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंग छ र छर्लंग हुँदै गएको छ । यो निकै जटिल छ ।...

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच...

ट्रेन्डिङ

जोखिम मोलेर स्वाब दुवानी गर्दै स्वास्थ्यकर्मी

डडेल्धुरा । देशमा कोरोना संक्रमणको जोखिम बढेसंगै पहाडी जिल्लाका स्वास्थ्यकर्मीहरुले हिलो, पहिरो र बाढीको जोखिम मोल्दै आएका छन् । ग्रामीण क्षेत्रका कच्ची हिलाम्मे सडकमा...

नर्भिक अस्पतालले भन्यो- कोरोना भाइरसका बिरामी फेला परेका छैनन्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस (कोभिड–१९) का बिरामी फेला नपरेको जनाएको छ ।
यो पनि पढ्नुहोस   विदेशमा दुःख, स्वदेशमा ढुक्क
शनिबार बिहानैदेखि विभिन्न...

कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण

काठमाडौँ । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’...

कोरोना प्रभाव : अन्तर्राष्ट्रिय उडानमा भारी कटौती

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण...

४० हजारमा कोही पनि भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी !

काठमाडौं । सरकारले संघीय दरबन्दीमा कार्यरत झन्डै ४० हजार कर्मचारीमध्ये एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन । प्रत्येक वर्ष २२ भदौमा मनाइने निजामती...

चक्रपथ सुधारमा सरकारको थप चासो

काठमाडौं । सरकारले चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहिल धोबीखोलासम्मको सडक विस्तारमा थप चासो देखाएको छ । सो सडकखण्डमा अहिले साइट खाली गराउने...

खाना पकाउने ग्यासको खपत आधा घट्यो

काठमाडौं । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी...

बामदेवविरुद्ध परेको रिटको सुनवाइ आज पनि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट निवेदनको सर्वोच्च अदालतमा आज पनि स्थगित भएको छ । असोज २१ गते...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

जनप्रतिनिधिको काममा नेकपाको ‘क्रस चेक’

धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको...

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

धेरै पढिएका

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु...

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)