हिजोदेखि हराएका बालक मृत अवस्थामा फेला

जनकपुरधाम । धनुषामा हिजोदेखि हराइरहेका बालक आज मृत अवस्थामा फेला परेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका ७ किसाननगरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बिहान करिव १० बजेदेखि घरबाट हराइरहेका सो बालकको शव आज बिहान १० बजे उनको घरदेखि करिब ५ सय मिटर उत्तर तर्फ फेला परेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुरेश ठाकुरले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ