कान सुन्दिन, आँखा देख्दिन भन्दै ठगी गर्ने पक्राउ

इटहरी । इटहरीमा बिरामी भएको कागजात देखाएर ठगी गर्ने तीन युवक पक्राउ परेका छन्। विभिन्न अस्पतालको कागजातसहित उनीहरुले इटहरी–२ स्थित देविथान क्षेत्रमा स्थानीयसँगै छोराको मृर्गौलामा समस्या भएको, कान नसुन्ने, आँखा नदेख्ने भन्दै रकम माग्दै आएका थिए। पटक–पटक विभिन्न बहानामा पैसा माग्ने गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खबरसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले उनीहरुको संकास्पद गतिविधि अनुसन्धान गरेका थिए। प्रहरीको टोलीले तीनै जनाले झुठो बहानामा आर्थिक सहयोग मागी ठगी गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धरान १६ गैरीगाँउका २१ वर्षीय अमन मगर, भोजपुरका २५ वर्षीय मदन खत्री र झापाका ४२ वर्षीय ललित गिरी रहेका छन्। उनीहरु तीनै जना धरान १६ गैरीगाँउमा बस्दै आएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार