भिनाजुले ५ वर्षिय सालालाई करणी गरे, अनी कन्दनीले घाँटी थिचेर मारे

जनकपुरधाम । ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको अभियोगमा नातामा भिनाजु पर्ने पक्राउ परेका छन् । धनुषाको सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय रामबहादुर सदालाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको छ ।

धनुषाधाम नगरपालिका–७ स्थित किसानपुर बस्ने रामेश्वर सदाले नातामा साला पर्ने ५ वर्षीय रुपेश सदाको अप्राकृतिक मैथुनपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले सदालाई पक्राउ गरेको जानकारी दिए ।

गत असोज १५ गतेदेखि बेपत्ता भएका रुपेशको शव शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्था भेटिएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा माछा सदाले मार्ने भन्दै रुपेशलाई पोखरीतर्फ लगेर अप्राकृतिक मैथुन गरेर हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

सदाले रुपेशलाई विस्कुट, चकलेट दिन्छु भनेर फकाएर माछा मार्ने बाहानामा पोखरीतर्फ लगेर अप्राकृतिक मैथुन गराएको अनुसन्धानबाट खुलेको छ ।

अप्राकृतिक मैथुनकै क्रममा रुपेश बेहोस भएपछि सदाले घाँटीमा रुपेशले लगाएको कन्दनीले बेरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए । आरोपित रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम