प्रधानमन्त्री कार्यालयका ६७ सुरक्षाकर्मी संक्रमित

काठमाडौं । प्रधानमन्त्री तथा निवासको सुरक्षामा खटिएका विभिन्न सुरक्षा निकायका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट प्रधानमन्त्री निवासमा खटाइएका सुरक्षाकर्मीमा शुक्रबार र शनिबार गरी संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार सेनातर्फ २८, नेपाल प्रहरीतर्फ १९, सशस्त्र प्रहरीतर्फ १८ र विभागका २ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले संक्रमण देखिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आइसोलेसन पठाउने र उनीहरूसँग सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा राखेर उनीहरूको स्थानमा अन्य सुरक्षाकर्मीलाई पठाइएको जानकारी दिए ।

संक्रमण देखिएका सुरक्षाकर्मीहरू प्रधानमन्त्रीको क्लोज लिस्टमा भने नरहेको सुरक्षा निकायले जनाएको छ । शनिबार नै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने