विराटनगर विमानस्थल समयअघि नै स्तरोन्नति हुन्छ : मन्त्री कुसियैत

मोरङ । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीश कुसियैतले विराटनगर विमानस्थलको स्तरोन्नति समयभन्दा अघि नै सम्पन्न हुने बताएका छन् । विराटनगर विमानस्थललाई अन्तरास्ट्रियस्तरमा स्तरोन्नति गर्न तीनतहका सरकारबिच समझदारीपत्रमा हस्ताक्षर भएको भोलिपल्ट मन्त्री कुसियैतले यस्तो बताएका हुन् ।

विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएसँगै सवै क्षेत्र उत्साही भएको भन्दै उनले सपथग्रहण लगत्तै आफुले गरेको प्रतिवदद्धता कार्यान्वयनको चरणमा प्रवेश गर्दा आफुलाई पनि सन्तोष भएको बताए । क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने कुरा उठिरहँदा आफ्नो जोड अन्तरास्ट्रियस्तरकै निर्माण हुनुपर्नेमा रहेको स्मरण गर्दै उनले आफ्नो भावनालाई सम्बन्धित पक्षहरूबाट पनि समर्थन भएको बताए ।

२०७५ असार १३ गतेनै प्रदेश सरकारको क्याबिनेट बैठकबाट प्रस्ताव पारित भएसंगै स्तरोन्नतिका लागि जोड्बल शुरु भएको उनले बताए । यसका लागि प्रदेशका मुख्यमन्त्री र संघीय सरकार र स्वयं प्रधानमन्त्रीले पनि सकारात्मक भूमिका निर्वाह गर्नु भएको भन्दै मन्त्री कुसियैतले सम्भाब्यता अध्ययनले देखाएको समय अघि नै निर्माण सम्पन्न गर्न आफ्नो भुमिका रहने बताए ।

अध्ययनले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न २० वर्ष लाग्ने अनुमान गरेपनी १२ देखि १५ वर्ष भित्र नै सक्ने लक्ष्य रहेको उनले बताए । ११ अर्ब बजेट खर्च लाग्ने अनुमान गरिएको सुबिधासम्पन्न अन्तरास्ट्रिय विमानस्थल निर्माण गर्न थप १ सय ५५ बिघा जग्गा आवश्यकता रहेको छ । यो काम यहि वर्ष प्रारम्भ भइ अघिल्लो आर्थिक वर्षमा सम्पन्न हुने उनले विश्वास ब्यक्त गरे ।

मन्त्री कुसियैतले भने, ‘यहाँका जनता अत्यधिक उत्साही हुनुहुन्छ, जग्गा अधिग्रहणमा कुनै समस्या आउँदैन हामी अघिल्लो आ.व. भित्र यो काम सम्पन्न गरि संरचना निर्माण थाल्नेछौं ।’ अझ तीनवटै सरकारको साझेदारीमा हुने यसकामले थप सहजता प्राप्त गर्ने उनले विश्वास ब्यक्त गरे । विमानस्थलको स्तरोन्नतिका लागि अघिल्लो वर्ष मात्र करिब साढे ४ बिघा जग्गा अधिग्रहण भइसकेको छ ।

उनले बिमानस्थलको स्तरोन्नति हुँदै गर्दा क्षमताअनुशार उडान क्षमता समेत बिस्तार गर्दै लगिने बताए । हाम्रो ध्यान अहिले प्रदेशभित्र रहेका १४ वटै विमानस्थललाई पनि निरन्तर संचालन योग्य बनाउनेमा छ, मन्त्री कुसियैतले भने, ‘ती सवै स्थानमा विराटनगर बाट उडान भर्ने वातावरण चाँडै बनाउन लागिरहेका छौं ।’ यति गर्न सक्दा विराटनगर सहित प्रदेशकै पर्यटन बिकासमा समेत सघाउ पुग्ने उनले विश्वास ब्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश