राजस्थानविरुद्ध मुम्बइको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध मुम्बइ इन्डियन्सले ५७ रनको सजिलो जित निकाल्यो । जीतसँगै मुम्बाइ इन्डिन छ खेलको समाप्तिमा अक तालिकाको शीर्षस्थानमा पुग्यो ।

आईपिएलमा मुम्बईले राजस्थानलाई पाँच वर्षपछि पहिलो पटक हराएको हो । खेलमा जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा सबै विकेट गुमाउँदा १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि सुरुवाती ब्याट्सम्यान जोस बट्लरले सर्वाधिक ७० रनको योगदान दिएका थिए । त्यसपछिका कुनै पनि ब्याट्सम्यानले मैदानमा टिकेर खेल्न सकेनन् ।

यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए । सूर्यकुमार यादव ७९ रनमा अविजित रहे ।

५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेको दिल्ली क्यापिटल्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । ५ खेलबाट ४ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

बुधबार साँझ शेखजाद स्टेडियममा कोलकता नाइटराइडले चेन्नाइ सुपर किंग्सको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह