इटहरी । इटहरी उपमहानगरपालिका–५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन् । उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुको साथमा रहेको बोरा र कार्टुनहरु जाँच गर्दा उक्त पटाका फेला पारेको हो ।
उनीहरु माथी मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी ईनरुवावाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)