थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएकोमा २०५९ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ६७६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यो सँगै घर फर्किनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ । हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ७०३ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

‘आचार्य’ लिएर ११ वर्षपछि निखिल