अल्लोको माग देशविदेशसम्म

संखुवासभा । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग विदेशमा समेत बढेको व्यवसायी बताउँछन् ।

जिल्लाबाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले संखुवासभाबाट घर जादाँ वा नातेदार र साथीभाई भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने गर्छन् । अहिले संखुवासभा बस्ने अधिकांश मानिसले अल्लोबाट बनेका कुनै न कुनै कपडा प्रयोग गरिहेका भेट्न सकिन्छ ।

सदरमुकाम खाँदबारीमा संखुवासभा कोसेली घर चलाउने विश्व लिम्बु भन्छन्, ‘जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने कार्यालय प्रमुख र कर्मचारीहरूले समेत कोसेलीका रूपमा अल्लो लिएर जाने गरेको बताए । अल्लोको कपडा लिन सेना, प्रहरी, कार्यालय प्रमुखसमेत संखुवासभा कोसेली घरमा आउन गरेको व्यवसायी लिम्बुको भनाइ छ ।

अलैंची र कृषि पेसा घाटा लागेपछि अल्लो व्यवसायले लागेको उनको भनाइ छ । कोसेली घरका लिम्बुले अहिले दैनिक रूपमा अल्लोका झोला, लेडिज ब्याग, आउटर, सल, लेडिज जुत्ता, चप्पल , र्पस जस्ता विभिन्न सामग्री बिक्री गर्न गरेको बताए ।

जिल्लामा २९ वटा अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले जनाएको छ । जसअनुसार सिलिचोङ गाँउपालिकामा १६, खाँदबारी नगरपालिका चारवटा, चैनपुर दुईवटा, धर्मदेवी तीनवटा, मादी नगरपालिका दुईवटा, चिचिला र मकालु गाँउपालिकामा एक÷एकवटा रहेका छन् ।

अल्लो खेती २०४६ देखि व्यावसायिक रूपमा गर्न थालिएको हो । साबिक बाला, सिसुवाखोला, ताम्कु, मांतेवा, याफू, पाथीभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबीसे, तामाफोक गाविसका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रचुर मात्रामा पाइने गरेको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हँुदै अमेरिका तथा जापानसम्म निर्यात हुने गरेको छ ।

अल्लो उद्योगबाट ६० घर परिवारको आश्रित रहेको पाइएको छ भने २ सयभन्दा बढीले रोजगारी पाएका छन् । यीमध्ये काठमाडौंमा बिक्री गर्न बसेका १७, खाँदबारीमा खरिदबिक्री र कपडा उत्पादन गर्न ४५, गाविसका टोलटोलसम्म कपडा बुन्ने, पाट संकलन गर्ने, प्रशोधन गर्नेको संख्या ४ सय ३० परिवार रहेको छ । यी सबको मुख्य पेसा अल्लो संकलन, प्रशोधन र बुनाइ तथा निकासी गर्नु हो ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी