बामरोल लुब्रिकेन्ट बजारमा

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको १ सय ५३ वर्ष पुरानो कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ । सो लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रूपमा भित्र्याएको हो ।

बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रूपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरेका थिए ।

बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफंैमा गुणस्तरीय र प्रतिष्ठित भएको बताए । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्षभित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरूमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए । कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहनाअनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरूको सेवामा सदैव समर्पित रहेको स्मरण गराउँदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे ।

न्यौपाने र खड्काले लुब्रिकेन्ट गुणस्तरीय भएमा यसको प्रयोग गर्न पनि गाडी धनीहरू उत्साहित हुने र कम्पनीहरूले यसमा ध्यान दिनुपर्ने बताए । बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डस्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन् ।

कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारी साधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा