काठमाडौं । नेपाल चिकित्सक संघले २५ गते आईतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।
संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा सत्याग्रहको २७ औं दिन बितिसक्दा पनि डा. के.सी.को जीवन रक्षाका निम्ती नेपाल सरकार गम्भिर नभएको एवं वार्ता र सम्वाद केबल औपचारिकतामा लागि मात्रै सिमित गरिएको प्रति नेपाल चिकित्सक संघले गम्भिर आपत्ति व्यक्त गरेको छ ।
वार्ता र सम्वादलाई तार्किक निष्कर्षमा पु¥याई डा. केसीको जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको अवगत गराउँदै २५ गते आईतबार सम्म पनि सत्याग्रहको अन्त्य नभएमा संघ कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने व्यहोरा संघले विज्ञप्ती मार्फत जनाएको छ ।






