काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् ‘हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’
साथै मन्त्री भट्टराईले आफ्नो कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु भन्दै होसियार रहन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)






