मानवअधिकार हननका घटनामा वृद्धि

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा मानवअधिकार हननका घटनामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीका अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा मानवअधिकार हननका घटनामा वृद्धि भएको देखाएको हो ।

इन्सेकले सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्थास्थितिसूचक सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा मानवअधिकार हननका घटनामा बढोत्तरी आएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकसहितको इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सन् २०१८ मा ५६४ जना पीडित भएकोमा सन् २०१९ मा ७९८ जना पीडित भएको बताए ।

इन्सेक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१९ मा सुदूरपश्चिम प्रदेशमा गैरराज्य पक्षबाट ६६३ महिला र ७३ पुरुष गरी ६९६ जना पीडित भएका थिए भने राज्यपक्षबाट १५ महिला र ८७ पुरुष गरी १०२ जना पीडित भएका थिए ।

त्यस्तै, सन् २०१९ मा गैरराज्य पक्षबाट ४७८ महिला र ४२ पुरुष गरी ५२० जना पीडित भएका थिए भने राज्यपक्षबाट सात महिला र ३७ पुरुष गरी ४४ जना पीडित भएका थिए ।

इन्सेकले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा २०४ मानवअधिकार हनन तथा ज्यादतकिा घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशमा सबैभन्दा बढी महिला र बालबालिका पीडित भएका पाइएको इन्सेक प्रतिवेदनले देखाएको छ । तथ्यांकनुसार ५ सय महिला पीडित भएका छन् ।

इन्सेक प्रतिवेदनमा बेचविखन प्रयासबाट पा“च जना, घरेलु हिंसाबाट ४०५ जना, कथित बोक्सीको आरोपमा एक जना, बहुविवाहबाट ११ जना, बलात्कारका घटनामा ५२ जना, बलात्कारका प्रयासका घटनामा १२ जना र यौन दुव्र्यवहारका घटनामा ६ जना महिला पीडित भएको उल्लेख छ । त्यस्तै, बालअधिकारका घटनामा १०१ जना बालिका र ६ जना बालक पीडित भएका जनाइएको छ । बालअधिकार घटनामा बेचविखनबाट ५ जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट तीन जना, बलात्कार घटनामा ५३ जना र यौन दुव्र्यवहारका घटनामा ४४३ जना पीडित भएको उल्लेख छ ।

सन् २०१९ मा १४ जना महिलासहित २७ जनाको हत्या भएको जनाइएको छ । धम्की तथा कुटपिटका घटनामा ३५ जना पीडित भएको जनाइएको छ । जातीय विभेदको घटनामा सात जना, बालअधिकार उल्लंघनका घटनामा ५० जना पीडित भएका जनाइएको छ । सन् २०१९ को प्रतिवेदनअनुसार अपहरणमा एक, अमानवीय व्यवहार सात, घाइते ११, यातनामा तीन घटना भएको उल्लेख छ । सन् २०१९ मा जातीय विभेदका घटनामा पाँच जना महिला र एक जना पुरुष गरी ६ जना पीडित भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।

इन्सेक कार्यालयका अनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा मानवअधिकार उल्लंघनका घटना भएको जनाइएको छ । कैलालीमा राज्यपक्षबाट पाँच महिला र २७ पुरुष गरी ३२ तथा गैरराज्यपक्षबाट २६६ जना पीडित भएका थिए । कैलालीमा १४५ महिला र ५९ बालबालिकाको अधिकार उल्लंघन भएको जनाइएको छ ।

इन्सेकले नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकारसँग सम्बन्धित घटना र सूचना संकलन गरी हरेक वर्ष मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको संयोजक जोशीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली