चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको संक्रमण

(200221) -- BEIJING, Feb. 21, 2020 (Xinhua) -- Medical staff work at a traditional Chinese medicine pharmacy in Weinan City, northwest China's Shaanxi Province, Feb. 20, 2020. Traditional Chinese medicine (TCM) has been widely applied in treating the novel coronavirus disease (COVID-19) patients in China as it has proved effective in improving the cure rate. (Xinhua/Tao Ming)

बेइजिङ । बकोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीले यहाँका कारागारमा पनि यसको संक्रमण देखिएको बताएका छ्न् ।

शुक्रबार चिनियाँ अधिकारीले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब चार सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो । यस प्राणघातक रोगको संक्रमण रोक्ने प्रयास चिनियाँ अधिकारीले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिसमेतमा यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वीभागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र दुई सय कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ ।

कारागार प्रशासनका निर्देशक बु लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायको कार्यान्वयन प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिएको बताए । यस्तै, चीनको पूर्वीप्रान्त झेजिङको सिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको संक्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् ।

गतवर्ष अन्त्यमा भाइरस देखापरेको मध्यप्रान्त हुबेईको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप संक्रमण देखिएको बताइएको छ । हुबेई प्रान्तमा बिहीबार चार सय ११ व्यक्तिमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएको पुष्टि गरेको थियो तर केही समयपछि कारगारमा देखिएको संख्यासहित छ सय ३१ जनामा सो भाइरसको संक्रमण देखिएको जानकारी दिइएको छ ।

यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन झनझन प्रभावित हुँदै गएको बताइएको छ । यहाँका विद्यालय बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ ।

त्यसैगरी, बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस संक्रमणका बिरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ । बेइजिङका फक्सिङ अस्पतालका ३६ जना बिरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि बिरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको संक्रमण देखिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाकाे माथागढीमा एमालेको जित