रोटरी क्लब अफ काठमाडौं मिडटाउनद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मिडटाउनद्वारा एक थान हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ न्यूरोडसिटी काठमाडौंको संयोजकत्वमा अस्पताललाई उक्त सामाग्री उपलब्ध गराइएको हो । कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो ।

आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानअघि हाइ फ्लो नासल क्यान्योल उपकरण प्रयोगमा ल्याउन सकिने पाटन अस्पतालका मेडिकल डाइरेक्ट डा.इमरान अन्सारीले बताए । यो उपकरणले भेन्टिलेटरको मागलाई घटाउने डा. अन्सारीको भनाइ छ । कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ काठमाडौं मिडटाउनले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष कृष्णनारायण सिंहले बताए ।

रोटरी क्लब अफ काठमाडौं मिट टाउनले नेपाली समाजमा पु-याएको योगदान उल्लेखनीय छ । समुदाय सेवा परियोजना निर्देशक पारस जंगबहादुर राणाले उपलब्ध गराएको जानकारीअनुसार विगत २२ वर्षदेखि हेटौंडाको आँखा अस्पताललाई आवश्यक औषधि, शल्यक्रिया र आँखा शिविर सञ्चालन गरिरहेको छ ।

यस्तै कीर्तिपुर नगरपालिकामा स्वास्थ्य सामग्रीका साथै शल्यचिकित्सक सहयोग, स्कुलका बालबालिकाको कानको उपचारका लागि शिविर सञ्चालन तथा झन्डै ९ हजार बालबालिकाको स्क्रिनिङ गर्नुका साथै विभिन्न समस्या भएका बालबालिकाको शल्यक्रिया गरिएको छ ।

रोटरी क्लब अफ काठमाडौं मिटटाउनले सञ्चालन गरेको अर्को महत्वपूर्ण परियोजना भनेको ‘थ्री एच’ हो । स्वास्थ्य, भोक र स्वच्छालाई समेटेर तयार पारिएको यस कार्यक्रमअन्तर्गत स्थानीय विद्यार्थीलाई स्वास्थ्यकर्मी, सहायक नर्स बन्न प्रशिक्षण दिने र उनीहरुलाई सेवा सञ्चालन गर्नका लागि वित्तीय स्रोतहरू उपलब्ध गराइन्छ । हुम्ला र जुम्लाजस्ता दुर्गम क्षेत्रहरूमा धेरै विद्यार्थीका लागि यस्तो केन्द्रहरू स्थापना गरिएको छ ।

यस्तै नवलपुर ढोकातीका सय घर परिवार आदिवासी परिवारलाई बायोग्यास डिजेरेसन प्लान्ट प्रदान गरिएको छ । यसैगरी गोरखा, धादिङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा लिफ्ट पानी व्यवस्थान र सरसफाइका कार्यक्रम सञ्चालन गरिएको छ । कोभिड–१९ को संक्रमणका बेलामा समेत रोटरी क्लब अफ काठमाडौं मिटटाउन चुप लागेर बसेको छैन । क्लबले स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरेको छ । संक्रमण रोक्न सरकारले गरेको लकडाउनले श्रमजीवी नागरिक भोकै नपरुन भनेर क्लबले भोजनको व्यवस्था गरेको थियो ।

यस्तै स्वास्थ्य परीक्षणका लागि चाहिने २ हजार ६९ थान पिसिआर किटसमेत रोटरी क्लब अफ कान्तिपुरसँग मिलेर रोटरी क्लब अफ काठमाडौं मिटटाउनले पाटन अस्पताललाई उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी