खोलामा करेन्ट लगाई माछा मार्ने ९ जना प्रहरी नियन्त्रणमा

तनहुँ । अबैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्नेहरु प्रहरी नियन्त्रणमा परेका छन्। जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ सानोडुम्रे स्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारिरहेका९ जनालाई ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। कहिले एका विहानै, कहिले दिउँसो त कहिले रातको समयपारी अबैधरुपले माछा मार्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरिएको थियो ।

भानु नगरपालिका वडा नं.१ कल्याणटार बस्ने बिशाल परियार माछा मार्न संग्लग्न रहेका सोही स्थानका सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार,सम्राट तामाङ रहेका छन्।

उनीहरुलाई चुदी खोलामा करेन्ट लगाई माछामारिरहेको अवस्थामा फेला पारी ९वै जना पुरुष हरुलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरुले प्रयोग गरेको मेशिन र टाँगासहित जलचर ऐन २०१७ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए । कार्वाहीमा परेका ९ जानालाई जनही ५ हजारका दरले जरिवाना गरिएको समेत उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश