जुवाडे छुटाइदिन्छु भन्दै चार लाख असुल्ने कांग्रेस नेता पक्राउ

सिरहा । जुवा खेलेको अभियोगमा जेल परेकालाय छुटाइदिन्छु भन्दै पैसा असुलेको अभियोगमा नेपाली कांग्रेसका जिल्ला सदस्य रामबाबु यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलिले यादवलाई सिरहा सदरमुकामबाट पक्राउ गरेको थियो ।

गएको १८ गते जुवा खेल्दै गरेको बेला आठ जनालाई होलिडे होटलबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये सियाराम महतोलाई प्रहरीबाट छुटाइदिन्छु भन्दै यादवले उनको परिवारसंग ४ लाख रुपैयाँ लिएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका नेता यादवले सियारामको दाइ राधेश्यामसँग दुई पटक गरेर ४ लाख रुपैयाँ लिएका थिए । पैसा तिरेर पनि मान्छे नछुटेपछि पीडित परिवारले प्रहरीलाई गुहारेका थिए । प्रहरीले मुद्दा मिलाउने नाममा पैसा असुलेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको हो । उनीमाथि ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डीएसपी ) शालिग्राम शर्माले जानकारी गराए।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !