भालुवाङ क्षेत्रको भूकम्पीय जोखिमको मापन

तुलसीपुर । लुम्बीनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको छ । त्रिभुवन विश्व विद्यालय भूगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवा– १ रङसिङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको हो ।

भूगर्भ शास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलीले ईलेक्ट्रिकल रेजिस्टिभीटी सर्भेको माध्यमबाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलिक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका ’boutमा अध्यन गरिएकोे हो ।

लुम्बीनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्यन गरिएको टोलिका भूगर्व शास्त्री डाक्टर सुवेश घिमिरेले जानकारी दिए ।

विगतको अवस्थालाई अध्यन गर्दा कुमाउदेखि पोखरा लमजुङसम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पक्ता लगाउन अनुसन्धान गरिएको घिमिरेले बताए ।

 भूकम्पीय जोखिम मापनका लागि उच्च स्तरको भि यस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोनको प्रयोग गरी सेस्मो ग्राफको माध्यमबाट धेरै टाढाबाट आउने पृथ्वीको कम्पनलाई पक्ता लगाउन यो विधाको प्रयोग गरिएको छ ।

हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करिब दुईदेखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै जाने र हिमालयन प्लेटनका आधारमा भूकम्पीय धक्काको अनुमान गर्न सकिने हुँदा यस क्षेत्रको अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर कमलाकान्त आचार्यले जानकारी दिए ।

लुम्बीनी प्रदेशका लागि आगामी दिनमा ठुला भौतिक संरचना निर्माणहुने हुदा जमीनको भुबनौटको वारेमा जानकार हुनु आवस्यक रहेकोले आगामी दिनमा निर्माणहुने संरचना र जमीनको विचमा रहेको अन्तर सम्वन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउन सक्ने प्रकोप बाढि, पहिरो, भूकम्प, हावाहुरी लगायतका प्रकोपसंग जमिनको कस्तो प्रतिक्रिया आउछ भन्ने पक्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भुगर्भ शास्त्रि डाक्टर पन्थीले बताए ।

राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भूकम्पीय जोखिम मापन पश्चात विश्वविद्यालयले सरोकारवालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट