प्रदेश २ : दुई वर्षमा कुन सांसदले कति पटक बोले ?

जनकपुरधाम । सांसदहरुले निति निर्माण गर्छन् । जनताको समस्या समाधानमा सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुनै समस्या हुँदा संसदमा आवाज उठने धेरैको चाहना हुने गर्छन् । संसदमा आवाज उठने बित्तिकै समस्या समाधान हुने गरेको सुनिन्छ तर प्रदेश २ मा यस्ता पनि सांसद रहेका छन् दूई वर्षको अबधिमा एकपटक पनि बोलेका छैन जबकी संसदमा उनीहरुको उपस्थिति त्यति खराब छैन ।

प्रदेश २ मा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रदेशसभाको पहिलो बैठक बसेको यही माघ २१ गते २ वर्ष पूरा भयो । कानून निर्माण गर्ने प्रमुख थलो हुनुका साथै जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको आवाज उठाउने थलो पनि प्रदेशसभा नै हो । यस अवधिमा सांसदहरूले जनताको आवाज कति उठाए त ? प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने ७ जना सांसदले त अहिलेसम्म एकपटक पनि नबोलेको देखिन्छ । राजपा नेपालकी सांसद् अल्काकुमारी झा हालसम्म बोलेकी छैनन्, उनी समानुपातिकतर्फ महोत्तरीबाट प्रतिनिधित्व गर्छिन् । राजपा नेपालका महासचिव सुनिल रोहितकी श्रीमती समेत रहेकी झालाई राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा प्यानलबाट सांसद बनाइएको हो ।

रौतहटका सांसद धनलाल ठोकरले पनि हालसम्म एकपटक पनि बोलेका छैनन् । ठोकर नेपाली कांग्रेसको टिकटमा रौतहटको संसदीय क्षेत्र नम्बर ४ (१) बाट प्रत्यक्ष निर्र्वािचत भएका थिए । त्यसैगरी समाजवादी पार्टीबाट निर्वाचित महोत्तरीका सांसद सरोजकुमार सिंहले पनि हालसम्म बोलेका छैनन् ।

महोत्तरीको संसदीय क्षेत्र नम्बर ४ (२) बाट प्रत्यक्ष निर्वाचित सिंह प्रदेश सरकारका राज्यमन्त्री पनि हुन, उनी आन्तरिक मामिला तथा कानून राज्य मन्त्री छन् । त्यसैगरी समाजवादी पार्टीबाट निर्वाचित सांसद अभिशेख यादवले पनि बोलेका छैनन् । सप्तरीको संसदीय क्षेत्र नम्बर ४ (२) बाट निर्र्वािचत भएका यादव प्रतिनिधि सभा सदस्य तथा समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवका छोरा समेत हुन् । रेणुले छोरालाई मन्त्री वनाउनपनि धेरै लविगं गरेका थिए ।

यसैगरी समाजवादी पार्टीका शारदाशंकर कलवार र रागिनीदेवी वनरवाल तथा कांग्रेसका नागेन्द्रप्रसाद सिन्हाले समेत एकपटक पनि प्रदेश सभामा बोलेका छैनन् । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश २ मा कुल १ सय ७ जना सांसद छन् । ती संसद मध्ये ७ जना एकपटक पनि बोलेका छैनन भने एकपटक दूई पटक मात्रै बोल्ने सांसदको संख्यापनि धेरै रहेको छ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले सांसदको भूमिका सक्रियतापूर्वक नभएको प्रमाण यो तथ्यांकले देखाएको बताए । सांसदमै सुतिहाल्ने, अनुपस्थिति भइहाल्ने परिपाटीलाई अन्त्य गर्न पार्टीले नै संसदहरुमाथि दवाब बनाउनुपर्छ उनले बताए । शुरुका दिनमा संसदमै केही सांसदले मोबाइलमा सिनेमा हेरेको फोटो समाजिक सञ्जालमा भाइरल भएको थियो । सुत्ने सांसदको संख्या अत्याधिक रहेको छ । पार्टीले गाइडलाइन बनाएर संसदले सक्रिय गरेन भने एकदमै नराम्रो संदेश जान्छ राजनीतिक विश्लेषक डा.लाभ बताए ।

जसले एक र दुई पटक मात्र बोले
प्रदेश सभाका ११ जना सांसदहरूले हालसम्म १ पटक मात्र बोलेका छन् भने दुई पटक मात्रै बोल्नेको संख्या पनि ८ रहेको छ । महोत्तरी ३ (१)बाट निर्वाचित राजपाका सांसद अभिराम शर्माले १ पटक मात्र बोलेका छन् ।

उनी प्रदेश सरकारमा सामाजिक विकास राज्य मन्त्री समेत हुन् । त्यसैगरी समाजवादी पार्टीबाट पर्सा ३(१)मा निर्वाचित भएका सांसद अब्दुल रहिम अन्सारी, पर्साबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका समानुपातिक सांसद आशिया देवी थरुनी पनि एकपटक मात्र बोलेका छन् ।

त्यसैगरी बाराबाट निर्वाचित समाजवादी पार्टीकी समानुपातिक सांसद उषाकुमारी यादवले पनि एकपटक मात्र बोलेकी छन् । उनी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री समेत छिन् । सिरहाको ४ (२)बाट प्रत्यक्ष निर्र्वािचत भएका राजपा नेपालका सांसद सुरेशकुमार मण्डलले पनि एकपटक मात्र बोलेका छन् । मण्डल प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री समेत हुन् ।

सर्लाहीको २(१)बाट प्रत्यक्ष निर्र्वािचत भएका राजपा सांसद गौरीनारायण साह तेली र पर्सा १(१) बाट प्रत्यक्ष निर्वाचित भएका समाजवादी पार्टीका जनत अन्सारीले पनि एकपटक मात्र बोलेका छन् ।

सप्तरीबाट प्रतिनिधित्व गर्ने नेकपाकी समानुपातिक सांसद प्रमिला कुमारी यादव, सिरहाबाट प्रतिनिधित्व गर्ने नेकपाकी समानुपातिक सांसद फूलिया देवी सदाय, बाराबाट प्रतिनिधित्व गर्ने नेकपाका समानुपातिक संसद मोहम्मद समीर, रौतहटको २(२)बाट प्रतिनिधित्व गर्ने समाजवादी पार्टीका प्रत्यक्ष निर्वाचित सांसद रामकिशोरप्रसाद यादवले समेत एकपटक मात्र बोलेका छन् ।

त्यसैगरी बाराको १(१)बाट प्रत्यक्ष निर्वाचित भएका नेकपाका सांसद त्रिलोकी प्रसादले समेत एकपटक मात्र प्रदेशसभामा बोलेका छन् । पर्साबाट प्रतिनिधित्व गर्ने राजपा नेपालकी अञ्जु कुमारी, महोत्तरीबाट प्रतिनिधित्व गर्ने समाजवादी पार्टीकी किरणकुमारी राय, सर्लाहीबाट प्रतिनिधित्व गर्ने राजपा नेपालकी निलमदेवी भूमिहारिनले २ पटक मात्र बोलेका छन् ।

सिराहाबाट प्रत्यक्ष निर्वाचित नेकपा सांसद मदनप्रसाद श्रीवास्तव, महोत्तरीबाट प्रतिनिधित्व गर्ने राजपा नेपालकी वविता कुमारी, सर्लाहीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी श्यामपरी देवी, पर्साबाट प्रत्यक्ष निर्वाचित भएका नेपाली कांग्रेसका सांसद शंकरप्रसाद चौधरी, पर्साबाटै प्रत्यक्ष निर्र्वािचत भएका समाजवादी पार्टीका सांसद सिंघासन साह कलवार, ले समेत २ पटक मात्र बोलेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीले २ पटक भने सोही मन्त्रालयका मन्त्री शैलेन्द्रप्रसाद साहले पनि अहिलेसम्म ३ पटक मात्रै बोलेका छन । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजिनामा दिएकी डिम्पल कुमारी झाले ३ पटक मात्रै बोलेकी छिन् ।

जसले बहसमा बढी भाग लिए
प्रदेश सभामा केही यस्ता सांसद छन् जो हरेक दिनजसो बैठकमा कुनै न कुनै विषयमा बोलिरहेका हुन्छन् । शून्य समय होस् वा विशेष समय, विधेयकमाथिको छलफल होस् वा संशोधन नै हाल्ने कुरा, सबै विषयवस्तुमाथि गम्भीर रूपले अध्ययन गरेर रोचक तरिकाले बहस गर्ने सांसदहरू पनि छन् ।

ती सांसदहरूकै कारण प्रदेश सभाको बैठकमा हुने गरेको बहस रोचक त हुन्छ नै प्रतिपक्ष र सत्तापक्षबीच दोहोरी नै चल्ने गर्छ । हालसम्म सबैभन्दा बढी बोल्ने सांसदमध्ये धनुषाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका समानुपातिक सांसद शिवचन्द्र चौधरी छन् । उनले हालसम्म कुल ६५ पटक बोलिसकेका छन् ।

सक्रिय सहभागिताका कारण गत वर्ष प्रदेश सभाको वार्षिकोत्सवमा सभामुख सरोजकुमार यादवले उनलाई उत्कृष्ट सांसद भन्दै ५१ हजार रूपैयाँ नगदसहित सम्मानित गरेका थिए । उनीपछि धेरैपटक बोल्ने सांसदमा पर्छन, नेकपाका सुन्दरबहादुर विश्वकर्मा । उनले हालसम्म कुल ४८ पटक बोलेका छन् ।

यसवर्ष दोस्रो वार्षिकोत्सव मनाउँदा सभामुख यादवले उनैलाई उत्कृष्ट सांसदको रूपमा ५१ हजार नगदसहित सम्मानित गरे । नेकपाका प्रमुख सचेतक समेत रहेका उनी बाराको ४ (१)बाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् । बढीपटक बोल्ने तेस्रो सांसद हुन, धनुषाबाट प्रतिनिधित्व गर्ने समाजवादीका सांसद ज्ञानेन्द्रकुमार यादव । धनुषाको ४ (१)बाट निर्वाचित भएका यादव प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री पनि हुन् ।

उनले हालसम्म कुल ३६ पटक बोलेका छन् । प्रदेश सरकारका प्रवक्ता समेत भएका कारण सांसदहरूले शून्य समय तथा विशेष समयमा उठाउने गरेका प्रश्नहरूको जवाफ प्रायःजसो उनले नै सरकारको तर्फबाट दिने गरेका छन् । समाजवादी पार्टीका प्रदेश २ मा उपनेतारहेका रामअशिष यादवले २७ पटक बोलेका छन । धनुषा २ (२)वाट निर्वाचित सांसद रहेका यादव विशेष तयारीका साथ पुग्ने गर्छन । विपक्षीहरुले समस्या गर्दा सतारुढ दलबाट उनलेनै मोर्चा सम्हाल्ने गर्छन ।

मुख्यमन्त्री लालबाबु राउतले पनि कुल २३ पटक सदनमा बोलेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले १९ पटक, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले ३ पटक, सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडीले १० पटक बोलेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनालले १५ पटक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले ७ पटक मात्र बोलेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले १० पटक, सोही पार्टीका प्रभावशाली नेताहरु शत्रुधन महतो १० पटक, भरतप्रसाद साह ५ पटक रामचन्द्र मण्डलले १६ पटक र अर्को प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादवले २७ पटक बोलेका छन् । राजपाका प्रमुख सचेतक परमेश्वर साह सुडीले २३ पटक, सोही पार्टीका उपेन्द्र महतोले २३ पटक, मनिषकुमार सुमनले १८ पटक, रानीकुमारी तिवारीले १९, बाबुलाल साहले २३ पटक बोलेका छन् । नेपाली कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले २५, नेकपाका किशोरी साह कमलले १७ पटक, नेकपाका ज्वालाकुमारी साहले ३० पटक, नेकपाका दिलिपकुमार साहले १७, मञ्जुकुमारी यादवले २० पटक बोलेका छन । नेपाली कांग्रेसका सरस्वती चौधरीले १३ पटकबोलेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती