नुवाकोट । बेलकोट गढी नगरपालिका–५ सार्कीथोकबाट गाई काटेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरुलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)






