काठमाडौं । भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी नोभेम्बरमा उनी नेपाल आउने नेपाली सेनाले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।
गत ३ फेब्रुअरी २०२० मा मन्त्रिपरिषद्को बैठकले उनलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । तर, कोरोनाका कारण उनको भ्रमण रोकिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)






