सर्लाहीमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप, ४७ जना घाइते

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा नेपाली कांग्रेस कार्यकर्ता तथा सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा ४७ जना घाईते भएका छन् । आज दिउँसो सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली कांगे्रस सर्लाहीले रामनगर गाउँपालिका वडा नं. ७ बस्ने महेन्द्र रामको हत्यारालाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेस कार्यकर्ता र प्रहरी बिच झडप हुँदा झडपमा परी १ जना पत्रकार, २४ जना नेपाली कांग्रेसका कार्यकर्ता तथा प्रहरी नायव उपरीक्षक(डिएसपी) सहित २२ जना प्रहरी घाईते भएका थिए । झडपमा परी आन्दोलन गर्न गएकी बरहथवा नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी ७० वर्षीया अनुखिया देवीको ढाड भाँचीएर गम्भीर घाइते भएकी छिन् ।

त्यस्तै झडमा  रामनगर गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ६५ वर्षीया किरणीया देवी र सोमरीया देवी मृत्क महेन्द्र रामको भाइ जदुनन्दन राम गरी ४ जना गम्भिर घाइते भएका छन् । गम्भीर घाइते मध्ये ७० वर्षीया वृद्धा अनुखिया, ६५ वर्षीय किरिणीया र सोमरीयकाको मलंगवामा अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि बिरगंज तर्फ पठाइएको सर्लाही क्षेत्र नं. ४ का प्रदेश नं. २ का प्रदेश सभा सदस्य विरेन्द्र सिंहले जानकारी दिए । बाँकी अन्य घाईतेहरु मध्ये केहिको मलंगवा अस्पतालमा उपचार भैरहेको छ भने केहिी प्राथमिक उपचार पश्चात घर फर्किसकेका छन् ।

त्यस्तै झडपमा नै परी समाचार संकलन गर्न गएका १ जना एभिन्युज टेलिभिजनका सांवददाता बख्तियार अलि, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवँर, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उद्धाव भाट, ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक विक्रम साह, इन्सपेकटर, रबि भुषण यादव लगायत प्रहरी जवान गरी २२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइते भएका २२ जना प्रहरी मध्ये २ जनाको मलंगवा अस्पतालमा उपचार भैरहेको छ भने २० जना प्राथमिक उपचार पश्चात कार्यालयमा फर्किसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संतोष राठौरले जानकारी दिए । यसैगरी प्रहरीले झडपलाई नियन्त्रणमा लिन ३१ राउण्ड टियर ग्यासको प्रयोग गरेको थियो भने ३ जना प्रदर्शन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शान्तीपूर्ण -याली गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय अगाडी पुगेपछि मृतक महेन्द्र रामको भाई र मृतकी श्रीमती उजुरी लिएर जिल्ला प्रहरी कार्यालय भित्र पस्न खोज्दा प्रहरीले लाठी चार्ज गरेकोले भिड अनियन्त्रित भई झडप भएको प्रदेश सभा सदस्य बिरेन्द्र सिंहले बताए । अहिले सदरमुकाम मलंगवाको अवस्था भने समान्य रहेको छ ।

मृतक महेन्द्र रामलाई गएको असोज २१ गते बेलुकीको समयमा आफनो घर अगाडी बसिरहेको समयमा १२–१५ जनाको समुहमा घरेलु हातहतियार लिई केहि व्यक्तिहरुले आक्रमण  गर्दा राम गम्भीर घाइते उनको इन्डो अस्पताल बिरगंजमा उपचारकै क्रममै असोज २२ गते मृत्यु भएको नेपाली कांगे्रस सर्लाही सर्लाहीका सभापती नागेन्द्र कुमारले बताए । मृतक रामको दोषीलाई कार्वाही नगरेको भन्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएको थियो । ज्ञापन पत्रले पनि नसुन्दा बाध्य भएर प्रदर्शन गर्नु परेको प्रदेश नं. २ का प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाले बताए ।

त्यस्तै प्रहरीका अनुसार घटना दर्ता पक्रियमा रहेको र घटनामा संलग्नको आंशकामा ३ जनालाई नियन्त्रणमा लिई छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक महेन्द्र रामको शव अहिले पनि बिरगंज स्थित नारायणी अस्पतालमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो