Thursday, April 22, 2021
Home Exclusive गोर्खा ब्रुअरीद्वारा जनस्वास्थ्यमा गम्भीर खेलबाड

गोर्खा ब्रुअरीद्वारा जनस्वास्थ्यमा गम्भीर खेलबाड

उत्पादित अधिकांश बियर गुुणस्तरहीन

,

काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपु-याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

विभागले वर्गीकरणमार्फत ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् ।

बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागका अधिकारीले बताएका छन् ।

– लोकल रक्सीको दर्जामा पर्ने गरी वर्गीकरण
– विभागद्वारा कारबाही
– महामारीको मौका छोपी अकुत नाफा कमाउन उद्यत
– गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन माग

गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा सचेतता अपनाउनसमेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी हो । हामी गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले राजधानीसँग भने ।

विभागका ती अधिकारीका अनुसार गोर्खा ब्रुुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ । उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ तर उम्कन सक्ने अवस्था भने नरहेको विभागका अधिकारीको भनाइ छ ।

लकडाउनका बेला अनुुगमन नहुने र दसैंको समयमा अकुुत रूपमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको एक विज्ञले बताए ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ ।

आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी नै बन्द गराएर अध्ययन गरेपछि गोर्खा बु्रअरीको बदमासी सार्वजनिक भएको हो । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ ।

आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक शिवादेवी दाहालले माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनकोे २२०६.००.९० अनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने बताइन् । गोर्खा ब्रुुअरीका केही ब्रान्डमा समस्या रहेमा सोहीअनुुरूप कारबाही हुने उनले जानकारी दिइन् । विभागले सबै कार्यालयलाई सोहीअनुसार गर्न परिपत्र गरेको उपमहानिर्देशक दाहालले बताइन् ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुुअरीलाई निर्देशनसमेत दिएको हो ।

विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

ठगी गर्दै उल्टै दबाब दिँदै
गोर्खा ब्रुुअरीले विभागले कायम गरेको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा लान दिइएको छैन । कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ ।

आन्तरिक राजस्व विभागका एक निर्देशकले गोर्खा बु्रअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा गरिने थप कारबाहीका बारेमा भन्सार विभागसँग समेत छलफल थालेको छ ।

हार्मोनियम कोडसम्बन्धी बढी जानकारी भन्सारलाई थाहा हुने भएकाले भन्सार विभागसँग छलफल थालिएको हो । विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । यही विषयमा थप अनुसन्धान गर्नका लागि दुवै विभागले छलफलसमेत गरिरहेका छन् ।

१० मध्ये गोर्खा बु्रअरीको उत्पादनमा मात्रै कैफियत
आन्तरिक राजस्व विभागले गोर्खा ब्रुुअरी, माउन्ट एभरेस्ट ब्रुुअरी, हिमालयन ब्रुुअरी, यती ब्रुुअरी, शेर्पा बु्रअरी, सिजी ब्रुुअरी, नेपाल ब्रुुअरी, टाइगर ब्रुुअरी, याक ब्रुुअरी, राज ब्रुुअरी लगायतका १० वटा कम्पनीका उत्पादनको गुणस्तर परीक्षण गरेको थियो ।

अरू नौवटा कम्पनीका उत्पादन ठीक भए पनि गोर्खा ब्रुुअरीको बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्रा थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग गरिएको देखिएको परीक्षणका संलग्न विभागका एक अधिकृतले बताए ।

जौभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले लोकल रक्सीमा जस्तै कनिकाको मात्रा बढी प्रयोग गरी बियरका पारखीको स्वास्थ्यमा खेलबाड गरेको उनले बताए ।

गोर्खा ब्रुुअरीले उत्पादन गर्दै आएको चर्चित बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा कमसल रहेको विभागले उल्लेख गरेको छ ।

आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको बताइएको छ । यसले गर्दा प्रतिलिटर १६५ रुपैयाँको सट्टा अन्य प्रकारको मदिराको दर्जा दिई ४३० रुपैयाँ कायम गर्न खोजिएको हो । ‘अन्य’ संकेतलाई न्यून गुणस्तरको पेय पदार्थ मानिन्छ ।

उक्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय कावासोतीलाई पत्र लेखी टुबोर्ग, काल्सबर्ग र सानमिगललाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्तःशुल्क लगाउन निर्देशन दिएको हो ।

सात दिन रोकिएको थियो उत्पादन
कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेर गत आइतबारबाट उत्पादन पुनः सुचारु गरेको बताइएको छ ।

भन्सार विभागले गोर्खा ब्रुुअरीका बियर अन्य शीर्षकमा वर्गीकरण गर्न र तोकिएअनुसार जौबाट बनेको बियरको तुलनामा तीन गुणा धेरै करको दर कायम गर्न सिफारिस गरेको छ । त्यसैअनुसार कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेको थियो । कम्पनीले आइतबारबाट उत्पादन निरन्तरता दिएको राजस्व कार्यालय कावासोतीले जनाएको छ । बियर उद्योगमा राजस्वले अन्तःशुल्क अधिकारी खटाएको हुन्छ ।

आन्तरिक राजस्व विभागले १६ असोजमा आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्र पठाउँदै कम्पनीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भन्दै कमसल बियरमा वर्गीकरण गरिदिएको थियो । विभागले वर्गीकरण पठाएसँगै कार्यालयले उच्च दरको अन्तःशुल्क दर तय गरेको थियो ।

झुक्याउँदै थप ठगी गर्ने प्रयास
नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुुअरीका केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजिएको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकै लागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका अधिकारी थप संवेदनशील बनेका छन् ।

अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, सामानको स्टक र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि भनिसकेको छ ।

(Visited 1,355 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना मन्त्री पद ‘उपहार’ !

काठमाडौं । मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यले उपहार स्वरुप मन्त्री पद पाउने भएका छन् । उनीहरुको आजै...

यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा बेलायती संक्रमण अर्थात् यूके भेरियन्ट फैलँदै गर्दा नेपालको जनजीवन फेरि अस्तव्यस्त हुने देखिएको छ । यो नेपालमा एक...

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

ट्रेन्डिङ

थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले...

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत...

काेराेना प्रभाव : खेर गयो ६० लाख केजी हरियो चियापत्ती

झापा । झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन...

प्रमाद, प्रहसन र तमासा

दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्, ‘जबजब म माथिमाथि चढ्दै जान्छु, तबतब अहंकार नामको कुकुर मेरो पछि लाग्दछ ।’ नेपाल अहिले इतिहासको यस्तो घडीमा उभिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

कोरोना त्रास : उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ,...

आजदेखि बुटवलमा लकडाउन

रुपन्देही । बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो...

बायर्न र डर्टमुन्ड सफल

म्युनिख । यो सिजनको बुन्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिख र दोस्रो स्थान पक्का गरिसकेको बोरुसिया डर्टमन्डले लिगको ३३औं चरणको खेलमा सफलता हात पारेका छन्...

पर्वमा कोरोनालाई बेवास्ता नगरौं

नेपाली समाजमा कोरोना महामारी संक्रमणको अंक उकालो लागिरहेका बेला दसैं, तिहार र छठजस्ता ठूला चाड पर्वहरू एकपछि अर्को गरी लाइन लागेर आए । समयले...

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा...

तनहुँमा जीप दुर्घटना हुँदा १७ जना घाइते

पोखरा । तनहुँको शुक्लागण्डकी–३, हटियामा यात्रुबाहक जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुलेगौंडादेखि ब्यागनतर्फ जाँदै गरेको ग१ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी–३...

मोना कतारले १७ औं बार्षिकोत्सव मनाउने

दोहा ।  ‘प्रवासी म्याग्देली दृष्टि, सम्बृद्द म्याग्दीको सृष्टि’ भन्ने मुल नारा लिएर सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारले आगामी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)