गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित

पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । बिहिबारमात्र १ सय ६९ संक्रमित थपिए। याे संख्या एकै दिनमा संक्रमण पुष्टि हुने अहिलेसम्मकै उच्च हाे ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पाेखराका अनुसार गएकाे २४ घण्टामा पाेखरामा ६ सय ७३ जनाकाे परीक्षण भएकाेमा १ सय ६९ संक्रमित पहिचान भएका हुन्। प्रदेशमा सक्रिय संक्रमित भने १ हजार ८ सय २१ जना छन्। कास्कीमा मात्रै ७ सय ११ सक्रिय संक्रमित रहेका छन्।

कुल संक्रमितमध्ये बिहिबार १८ जना निकाेसँगै कुल निकाे हुने संख्या ३ हजार ४ सय ८८ पुगेकाे छ। बिहिबार थप १ जना काेेराेना संक्रमितकाे मृत्यु भयाे भने प्रदेशका कुल ४७ काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे स्वास्थ निर्देशक डा विनाेदबिन्दु शर्माले जानकारी दिए।

बिहिबार सबैभन्दा बढी नवलपुर जिल्लामा ५८ जना थपिए । त्यस्तै बागलुङमा ५१, कास्की ३५, तनहुँ ११, गाेरखा ७, म्याग्दी ४ र लमजुङ ३ जना छन्।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग