Tuesday, October 27, 2020
Home Editor-Picks खाद्य कम्पनीको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति !

खाद्य कम्पनीको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ ।

हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो ।

कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको थियो । ३ मंसिर २०७६ मा चामल कुहिएको समाचार राजधानीले प्रकाशित गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । तर, पछिल्ला दिनमा भने अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियाशील भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार १० महिना लामो अनुसन्धानपछि चामल कुहाउने कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायरको तयारी भइरहेको बेला अख्तियार आफंै पछि हटेको छ । स्रोतका अनुसार अख्तियारले लाखौंको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परीक्षण गरी खानयोग्य नभएको प्रमाणित गरिसकेको चामललाई पुनः खाद्य कम्पनीलाई केही प्यारामिटर परिक्षण गरी ल्याउन भनेको छ ।

सो गोदामको चामल खान योग्न नभएको भन्दै १ पुस २०७६ मै ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कसमेत भइसकेको छ । सो चामल नष्ट गर्नुबाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारबाही हुनबाट बचाउन विभिन्न खेल खेलिरहेको स्रोतको भनाइ छ ।

कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था आउने थिएन

स्रोतका अनुसार गोदाममा कुहिएको चामल नष्ट गर्दा कर्मचारीले सो चामलको क्षतिपूर्ति तिर्नु नपर्ने हुँदा कम्पनीका कर्मचारी र अनुसन्धानमा खटिएका अख्तियारका कर्मचारी सो मुद्दालाई ढाकछोप गर्न लागिपरेका हुन् । गोदामको चामल पूरै नष्ट गर्नुपर्दा लापरवाही गर्ने कर्मचारीले कम्पनीको गोदाममा कुहिएको चामलको ४० लाख ४३ हजार ९२६ रुपैयाँ क्षतिपुर्ति तिर्नु पर्नेछ । सो क्षतिपूर्ति तिर्नबाट बच्न खाद्यका कर्मचारीले अख्तियार कर्मचारीलाई प्रभावमा पारेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुगमन महाशाखा निर्देशक किशोर खत्रीले सिलबन्दी गरेको गोदामबाट चामल लिएर खाद्य कम्पनी एक्लैले चामल परीक्षण गर्न नमिल्ने बताए । उनले भने, ‘गोदाममा कुहिएको चामल १० वटा नमुना चेकजाँच गरेर खान योग्य नभएको प्रमाणित गरी विभागले अख्तियारलाई १० पुस २०७६ मै रिपोर्ट बुझाइसकेको छ । १० वटा नमुना फेल भइसकेको चामललाई फेरि पनि गुणस्तर चेकजाँच गर्नुको कुनै औचित्य छैन । यदि अख्तियारले अदालतमा पेस गर्न चामलको गुणस्तर चेक गर्न लागेको हो भने कम्पनी एक्लैको सहभागितामा लिएको नमुना चेकजाँचको अर्थ छैन ।’

यो पनि पढ्नुहोस   जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

उनले फेरि चामलको गुणस्तर चेक जाँच गर्नु नै पर्ने हो भने सबैको रोहवरमा गर्नुपर्ने बताए । कम्पनीका अनुसार आर्थिक वर्ष २०७२-७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको हो ।

धान किन्दा र कुटाउँदासम्म कम्पनीको लागत प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ हुन पुगेको थियो । कम्पनीले निजी व्यापारी जस्तै उपभोक्ताबाट बढी नाफा असुल्नका लागि चामलको प्रतिकिलो १३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।

कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था आउने थिएन । कम्पनीले २०७२-७३ मा बिक्री गरेको प्रतिकिलो १३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३२३ दशमलव १७ क्विन्टल र ३० नम्बर गोदाममा १६४ दशमलव शून्य ५ क्विन्टल बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९२६ रुपैयाँको चामल गोदामै कुहिएको छ ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

साताका लोकप्रिय समाचार

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

पूजा गरेर फर्किदै गरेका झाको मोटरसाइकलको ठक्करले मृत्यु

जनकपुरधाम । मोटरसाईकलले ठक्कर दिंदा धनुषामा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परि सोही नगरपालिका...

रौनक नभएको दसैं

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ...

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

ट्रेन्डिङ

माथिल्लो तामाकोशी : ठाडो सुरुङले रोकिरहेको छ प्रगति

काठमाडाैं । सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक...

चितवन आइपुग्यो सलह कीरा

चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार...

छैठौँ संक्रमित पनि कोरोनामुक्त

बागलुङ । बागलुङकी दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित ६५ वर्षिय महिला संक्रमण मुक्त भएकी छिन् । बागलुङ नगरपालिका–३...

विप्लवका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोक । विप्लव समूहमा आबद्ध काभ्रे जिल्लाका कार्यरत दुई कार्यकतौलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप...

कोरोनाको त्रास

जनसंख्याको सिद्धान्तले जब–जब प्रकृतिको सन्तुलन खल्बलिन्छ तबतब प्रकृति स्वयंले जनसंख्याको सन्तुलन मिलाउँछ भन्छ । त्यस्तो सन्तुलन प्राकृतिक विपत्ति, महामारी वा अन्य ढंगले हुने नरसंहारका...

एकैदिन १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार ९१९...

निहिता विश्वास पनि दिइन् स्वाब

ललितपुर । बिक्नी किलरका रूपमा कुख्याति कमाएका चाल्र्स शोभराजकी प्रेमीका निहिता विश्वास पनि महालक्ष्मी नगरपालिकामा सेल्फ क्बारेन्टाइनमा बसिरहेकी छिन् । गत चैत...

रिपुमर्दिनी विद्यालयको अभिभावक दिवस सम्पन्न

काठमाडौं । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयद्वारा सञ्चालित रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बाँसबारीकोे १५ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भयो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी...

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती...

दसैं मान्न दुई लाख यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । कोरोना संक्रमणका कारण यस वर्ष थोरै मान्छेले मात्रै काठमाडौं छाडे । विभिन्न नाकाहरुबाट उपत्यका छाड्ने यात्रुको संख्या दुई लाखको हाराहारीमा रहेको छ...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

(Visited 85 times, 1 visits today)