Saturday, October 31, 2020
Home भर्खरै चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

न भौतिक दुरी न सतर्कता !

काठमाडौैं । नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयनमा आशंका हुन थालेको छ । आमनागरिकमा अनुशासन हराउँदै जाँदा मापदण्ड कार्यान्वयनमा नै समस्या सिर्जना भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डका अधिकांश बुँदाहरू कार्यान्वयनमा आउन नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ । हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

के के छ मापदण्डमा ?
— भेटघाटमा दुई मिटर दुरी अनिवार्य
—अँगालो नमार्ने र नमस्कार गर्नुपर्ने
—सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने
— प्रसाद वा अन्य फलफूल घरमै गएर बाँड्ने
— नदी वा तलाउमा समूहमा नुहाउन नहुने
— सम्भव भएसम्म एकाघरका परिवारका सदस्य मात्रै बसी चाडबाड मनाउने

स्वास्थ्य मन्त्रालयले गत २२ साउनमा चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो । अहिले पनि अधिकांश सर्वसाधारणले भौतिक दुरी पालना गरेका छैनन् भने मास्कको समेत समुचित प्रयोग गरेका छैनन् ।

सर्वसाधारणदेखि उच्च ओहोदामा बसेकाहरूको हेलचेक््रयाइँले जोखिम थप बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले बजारमा सामान किन्नका लागि सर्वसाधारणको दिनहुँ घुइँचो लाग्ने गरेको छ । बजारमा अत्यधिक भीड भए पनि न त स्वयं व्यक्ति सतर्क रहन्छन् न त स्थानीय प्रशासनले भीडलाई नियन्त्रण गर्न कुनै प्रभावकारी कदम नै चाल्न सकेको छ ।

अत्यावश्यक र अनिवार्यअन्तर्गत सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोवास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नुपर्ने भएमा कम्तीमा २ मिटरको दुरी अनिवार्य रूपमा कायम गर्नुपर्ने प्रावधान मापदण्डमा छ ।

यस्तै, चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने, जानैपर्ने भए सहभागी हुँदा मास्क वा ३ तहको कपडाको मास्कको प्रयोग अनिवार्य रूपले गर्नुपर्ने बुँदा समेटिएको छ । मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने उल्लेख छ ।

अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने तर अँगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने, अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) सकेसम्म नछुने, छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने विषय मापदण्डमा समेटिएको छ । सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएबमोजिम पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने बुँदा मापदण्डमा उल्लेख छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै जोखिमबाट बच्न स्वयं व्यक्तिले अनुशासनको पालना गर्नुपर्ने बताए । उनले भने, ‘संक्रमणबाट बच्ने उपाय भनेको आफंै सतर्क रहने हो । भौतिक दुरी कायम हुनुपर्छ र मास्कको समुचित प्रयोग गर्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नगरिए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने बताए । उनले भने, ‘हुल बाँधेर कहीँ कतै नजाऔं । बजारमा अत्यधिक भीड बढेको छ, हेलचेक््रयाइँ नगरौं ।’

संक्रमित १ लाख २६ हजार नाघे
शुक्रबार देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

शुक्रबार देशभर २१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमितमध्ये ७ सय १५ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको नमुना परीक्षण गरिएको थियो ।

थपिएका संक्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

राजविराज । दशैंको बेला यहाँका शक्तिपीठहरुको रौनक बेग्लै हुन्थ्यो । धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा...

कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिनको १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको १४...

भारतीय सेनाध्यक्ष नरवणे कार्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेले कार्तिक १९ गते नेपाल भ्रमण गर्ने भएका छन् । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको...

१९५४ नयाँ संक्रमित थपिए, ११ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार २ हजार ९ सय ८१ जना...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

ट्रेन्डिङ

सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण सम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकमा यो वर्षामा ठुलो जनधनको क्षति भएपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरण सम्बन्धी प्रारम्भीक प्रतिवेदन गृहमन्त्री रामबहादुर...

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र...

दातृ निकायको सहयोग ५ अर्बले घट्यो

काठमाडौं । विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा बजेट बाहिर रहेर ४० अर्ब ४१ करोड ५२ लाख ५६ हजार रुपैयाँ...

चीनले दिने कोरोना परीक्षण किट तातोपानी नाका हुँदै भोलि साँझ काठमाडौं पुग्ने

सिन्धुपाल्चोक । चीनको बुहानमा कोरोना भाइरस (कोभीड–१९) को महामरी फैलिएपछि बन्द रहेको नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुदै कोरोना परीक्षणको लागि...

ओलम्पिकको नाम परिवर्तन नहुने

लसाउने । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्ष तय भएको तीन ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता एक वर्षका लागि स्थगित...

काठमाडौंमा नै छैन क्वारेन्टिन

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र...

पाल्पाको फोक्सिङकोटमा पहिरोले ३ घर पुरिए, ६ जना बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि बिहीबार विहान पहिरो गएको छ । पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएको प्रहरीले...

सर्लाहीमा सशस्त्रसँगको झडपमा एक भारतीयको मृत्यु, सशस्त्रका तीन जना घाइते, सशस्त्रको एउटा एसएलआर लुटियो

काठमाडौं । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झडप भएको छ । पर्सा गाउँपालिका– ३, नारायणपुरमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

आलेख : सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?

कैलाली । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार...

२३६४ नयाँ संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज

काठमाडौं । बिहीबार कोरोना भाइरसका २ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी...

नेकपा केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ । नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति...

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)