देवेन्द्र केसीका ‘इमानको पहाड’ र ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक

काठमाडौं । साहित्यकारदेवेन्द्र केसी ‘देवु’को मुक्तकसंग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो योजुनीमा’ सार्वजनिक गरिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका महाप्रबन्धकसमेत रहेका केसीले यसअघि नै तीनवटा कृति प्रकाशन गरिसकेका छन् । इमानको पहाड कृतिमाथि टिप्पणी गर्दै युवा समालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदयसंवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामथ्र्य रहेको बताए ।

पौडेलले केसीमा कठोर अभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्ने प्रस्तुति दिने कला लोभलाग्दो रहेको टिप्पणी गरे । यो जुनीमा यस्तै भयो एल्बममाथि बोल्दै उक्त एल्बमका संगीतका शक्तिबल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुति केसीका गीतमा रहेको बताए ।

लोकजीवनका बिम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्ने केसीको खुबीको शक्तिबल्लभले प्रशंसा गरे । समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्र केसीका रचनामा प्रकृति र इमानको अत्यन्त धेरै प्रयोग भएको बताए । लोकजीवनमै जन्मे हुर्केका केसीको लोकसाहित्य, लोककला र लोकसंस्कृतिप्रतिको प्रेम उदेकलाग्दो भएको ओभलाको टिप्पणी थियो ।

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेमयुक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गरे । गीतकार, कवि शंकर कोइरालाले देवेन्द्र केसी कविता, मुक्तक र गीत तीनवटै विधामा सशक्त रहेका बताउँदै अवकाशपछिको जीवन साहित्य र संगीतमै समर्पित गर्न सुझाव दिए ।

कवि, गीतकार केसीले प्रकृति र संगतका कारण साहित्यमा लागेको बताउँदै साथीभाइ र परिवेशले आफू यतातर्फ निरन्तर होमिएको सुनाए । गीति एल्बम यो जुनीमा यस्तै भयोमा शक्ति बल्लभको एकल संगीत रहेको छ भने चर्चितगायकहरू आनन्द कार्की, शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले एल्बममा स्वर दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल